काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेश भट्टराईले स्वार्थको द्वन्द्वसम्बन्धी एकीकृत ऐन बनाउनुपर्ने औँल्याएका छन् । स्वार्थको द्वन्द्वसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिलाई नेपालले संसद्बाट अनुमोदन गरिसकेको अवस्थामा सोसम्बन्धी कानुन आवश्यक भएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले मुलुकको राजनीतिक स्थायित्वका लागि व्यवस्था दोषी नभई राजनीतिक नेतृत्वको प्रवृत्ति जिम्मेवार भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले आन्तरिक उत्पादनको निर्यातमा सहुलियत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले विगतमाभन्दा धेरै पर्यटक भित्र्याउने, जलविद्युत र सूचना प्रविधिको विकास तथा गुणस्तरीय स्वास्थ्य शिक्षाको प्रबन्ध मिलाउन सरकारलाई सुझाव दिए । जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले संविधान कार्यान्वयन गर्न आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
जनमत पार्टी नेपालका सांसद अब्दुल खानले नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले विगतका असल अभ्यास अवलम्बन गर्दै प्राकृतिक प्रकोपदेखि विभिन्न रोगको सङ्क्रमण नियन्त्रणको कार्यक्रमलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराए । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले किसानले धानको उचित मूल्य पाउने गरी बजार व्यवस्थापन गर्नुपर्ने माग गरे ।
कांग्रेसका सांसद रामकृष्ण यादवले जनकपुरको पूर्वी भेगका नागरिकलाई भन्सारको कार्यालयमा कर बुझाउन सास्ती खेप्नु परेको भन्दै बन्द रहेको छोटी भन्सार पुनः सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराए । एमाले सांसद सुनिता बरालले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन छाता ऐन ल्याउन सरकारलाई सुझाव दिइन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: