काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य आयस्रोतका रूपमा अगाडि बढाएको बताएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालसँग आज मन्त्रालयमा भएको भेटमा उनले ऊर्जा क्षेत्रलाई सरकारले मुख्य प्राथमिकता दिएको बताए ।
“इप्पानले राखेको माग निजी क्षेत्रको विकास र सरकारका लागि हो, यसलाई पूरा गर्न सरकार प्रतिबद्ध छ”, मन्त्री खड्काले भने । ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर सरकार अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले छिटोछरितोरुपमा विद्युत उत्पादनमा लाग्न निजी क्षेत्रलाई आग्रह गरे ।
इप्पानका अध्यक्ष गणेश कार्कीले बाढीपहिरो भूकम्प, आर्थिक मन्दी, विस्फोटक पदार्थको अभाव, जग्गा प्राप्तिमा ढिलाइलगायत समस्याले आयोजना निर्माणमा ढिलाइ हुने गरेको भन्दै विद्युत आयोजनाको म्याद थप गर्ने वातावरण मिलाउन आग्रह गरेका थिए । उनले सबै आयोजनाको पीपीए खुलाउनुपर्ने, १० मेगावाट क्षमताभन्दाका ठुला आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलाग्ने व्यवस्था गरिदिनुपर्ने माग गरे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - २०:२६
काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीत...
पौष ७ गते, २०८१ - २०:१५
पाेखरा । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभ...
पौष ७ गते, २०८१ - १९:४०
इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेप...
पौष ७ गते, २०८१ - १८:४९
महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ । लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुली...
पौष ७ गते, २०८१ - १८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ । महाशाखाका मौसमवि...
पौष ७ गते, २०८१ - १८:३०
काठमाडौं । जिल्ला प्रहरी कार्यकालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको सांसद पद निलम्बन गर्न प्रतिनिधिसभाक...
पौष ७ गते, २०८१ - १८:१६
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानक...
पौष ७ गते, २०८१ - १८:०८
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घ...
पौष ७ गते, २०८१ - १७:५८
धनगढी । अवैध रुपमा भित्र्याएको सुनसहित दुई भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारतको उत्तरप्रदेश मोहला बजार २ पलियाखिरी बस्ने ...
पौष ७ गते, २०८१ - १७:५४
नवलपुर । पाटेबाघ मार्ने उद्योगमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गर...
प्रतिकृया लेख्नुहोस्: