Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

बागमतीमा मन्त्रिपरिषद् विस्तार, १३ मन्त्रालय रहेकाे बागमतीमा मन्त्रीको संख्या १४ पुग्याे

खबरडबली संवाददाता

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद् विस्तारका क्रममा उनले कांग्रेसबाट चार मन्त्री नियुक्त गरेका छन् ।

आज थपिएका मन्त्रीहरूलाई शपथ गराउने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिद्को कार्यलयले जनाएको छ । योसँगै रहेको १३ मन्त्रालय रहेकाे बागमती प्रदेशमा मन्त्रीको संख्या १४ पुगेकाे छ । 

मुख्यमन्त्री लामाले आजै मन्त्रीहरूको जिम्मेवारीसमेत तोकेका छन् । बिहीबार कांग्रेसबाट मन्त्री बन्नेहरूमा प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी रहेका छन् । तामाङलाई आर्थिक मामिला तथा योजना, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलाई युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि बुधबार नियुक्त भएका कुन्दनराज काफ्लेलाई सामाजिक विकास र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै, कांग्रेसबाट बुधबार नै मन्त्री भएका मदुकुमार श्रेष्ठको जिम्मेवारी भने पछि तोकिने भएको छ ।

एमालेबाट यसअघि नै प्रकाश श्रेष्ठ कृषि, अमनकुमार मास्के भौतिक पूर्वाधार, किरण थापामगर स्वास्थ्य, कृष्णप्रसाद सिलवाल वन, प्रेमभक्त महर्जन श्रम रोजगार र शुकमाया तामाङ उद्योगमन्त्री नियुक्त भइसकेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छ: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन् ।  कम्बो...

चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटक घटे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा यस वर्ष घटेको छ । गत वर्ष साउनदेखि कात्तिकसम्म ७७ हजार तीन सय ५९ पर्यटक...

वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्...

काठमाडाैंकाे कीर्तिपुरमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पुरुषको शव भेटिएको छ । त्रिवि क्रिकेट मैदान नजिकै फेला परेको पुरुषको शव सनाखत हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौ...

प्रहरीमा ३० वर्षे सेवा अवधि हट्ने विधेयक मन्त्रिपरिषद्‍मा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्य...

प्रधानमन्त्री ओलीसमक्ष राष्ट्रिय गौरवका आयोजनाको प्रगतिबारे ब्रिफिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीब्रता दिने विषयमा आज सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगाय...

पाँच दिन अझै दुर्गा प्रसाईं प्रहरी हिरासतमै रहने

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पाँच दिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले आइतबा...

धनुषाका निजी विद्यालय एक सातादेखि बन्द

धनुषा । बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै निजी विद्यालयका सञ्चालकहरूले आज पनि पठनपाठन नगरी बन्दलाई निरन्तरता दिएका छन् । जनकपुरधाम उपमहानगरपालिको न...

मतदानका दिन सार्वजनिक बिदा दिन आयोगले माग गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिने सम्बन्धमा पत्र लेखी पठाउने निर्णय गरेको छ ।  आयोगका सहसचि...

युवती बेचेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । कुवेत पुर्‍याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy