पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन्।
सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका तर्फबाट आन्दोलन र कानुनी प्रक्रियामा सक्रिय रहेका जैसीलाई धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रूपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। धनुष सहकारीमा १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनपछि थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरिएको रजिस्ट्रार कार्यालयले जनाएको छ।
प्रहरीले जैसीलाई पक्राउ गरिसकेको छ भने अन्य चार जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको जनाएको छ। २०८१ साल पुस महिनामा गरिएको प्रारम्भिक छानबिनमा १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको प्रतिवेदन रजिस्ट्रारको कार्यालयमा पेश गरिएको थियो।
रजिस्ट्रार कार्यालयका अनुसार पटक–पटक निर्देशन दिँदा पनि ६ करोड रुपैयाँ मात्र असुल भएको र बाँकी १२ करोड ५६ लाख रुपैयाँ शोधभर्ना नभएकाले प्रहरी अनुसन्धानका लागि सिफारिस गरिएको हो।
साविक साइनो र धनुष सहकारी मर्ज भई धनुष बचत तथा ऋण सहकारी संस्था बनेको थियो। प्रतिवेदनअनुसार साविक साइनो सहकारीतर्फ अध्यक्ष गमरेजसिंह गुरुङ, सञ्चालक काशीमाया गुरुङ, छोरी सिर्जना गुरुङ तथा असिम बरालको योजनामा करिब ३ करोड रुपैयाँ हिनामिना भएको उल्लेख छ।
धनुष सहकारीतर्फ व्यवस्थापक विराज सुवेदीले २ करोड २५ लाख र जगत पौडेलले १ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा औंल्याइएको छ।
प्रतिवेदनअनुसार कृष्णप्रसाद जैसीले सहकारीको ऋण उपसमितिमा प्रवेश गरी कृत्रिम खाता सिर्जना गरेर ८२ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ।
यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जैसीसहितको जाहेरीका आधारमा रवि लामिछाने पक्राउ परेका थिए। उक्त प्रकरणमा सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर भई १ अर्ब ५१ करोड रुपैयाँ बिगो माग दाबी गरिएको थियो। लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
हाल धनुष सहकारी ठगी प्रकरणमा पक्राउ परेका जैसीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: