Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

संसदका काम कारबाही इमान्दारपूर्वक सम्प्रेषण गर्न दाहालको आग्रह

खबरडबली संवाददाता

धुलिखेल । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्का काम कारबाही र अभ्यासलाई सत्य, तथ्य र वस्तुनिष्ठ आधारमा इमान्दारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् । 

सङ्घीय संसद्, राष्ट्रियसभाका पदाधिकारी र सञ्चारकर्मीबिचको अन्तरक्रियामा उनले आफूले लेखेका समाचारलाई आमनागरिकले कुन रुपमा लिएका छन् भनी आत्मसमीक्षा गर्नसमेत अनुरोध गरे । अध्यक्ष दाहालले भने, “पत्रकारले आफूप्रति इमान्दार भएर समाचार लेखेको हो, त्यसलाई जनताले कुन रुपले लिए भनेर आत्मसमीक्षा गर्नुपर्छ ।” राष्ट्रियसभाका गतिविधि, साझा सहमति र निर्धारित कार्यसूचीका आधारमा अघि बढिरहेको जानकारी दिँदै उनले सदनबाट भए/गरेका उपलब्धिलाई जनतासमक्ष सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार जगतलाई आग्रह गरे ।

राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले संसदीय अभ्यासलाई चुस्तदुरुस्त तुल्याउन र राज्यप्रणालीलाई बलियो बनाउन संसद र सञ्चारमाध्यम मिलेर काम गर्नुपर्नेमा जोड दिइन । उनले जनताका समस्या, माग, मुद्धा र समाजका गतिविधिका विषय सदनमा पुर्याउने र सदनमा उठेका सवाल जनता समक्ष पुर्‍याउन सञ्चार जगत्बाट सकारात्मक सहयोगको अपेक्षा गरे । 

सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले संसदमा भएका गतिविधिलाई जस्ताका तस्तै जनतासमक्ष पुर्याउन र जनताका विषयवस्तु सदनमा ल्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताए । राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले आमनागरिकको सरोकारका मुद्दामा संसदमा छलफल र बहस हुन्छ भन्ने विषय जनतामा सञ्चार गर्न मिडियाको ठूलो भूमिका रहन्छ भने । 

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि यमबहादुर किसानले नेपालको संविधानमा उल्लेख भएको सङ्घीयता, गणतन्त्र, धर्मनिरेपक्षता र समावेशिताको प्रवद्र्धन र नागरिकमा सही सूचना सम्प्रेषण गर्ने कार्यमा आफ्नो संस्थाले सहयोग पुर्याउँदै आएको जानकारी दिए । 

राजधानीबाट प्रकाशित तथा प्रसारित सञ्चारमाध्यमका करिब ३० सञ्चारकर्मीको सहभागिता रहेको दुईदिने कार्यक्रममा राष्ट्रियसभा नियमावलीको व्यवस्था, समाचार सङ्कलनमा पत्रकारले ध्यान दिनुपर्ने विषय, संसदीय खुलापन, बाह्य पहुँचसम्बन्धी पत्रकारको दृष्टिकोण र वर्तमान अवस्था, नेपालमा राष्ट्रियसभाः विगत र वर्तमान, कानुन निर्माण प्रक्रिया र सञ्चार जगत्को भूमिका विषयमा विज्ञले प्रस्तुति दिइने छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy