Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान

खबरडबली संवाददाता

अस्ट्रेलिया । अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्तिमार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिज, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले गाजामा तत्काल युद्धविराम, हेजबुल्लाह र इजरायलबिचको द्वन्द्वको जोखिमबारे वक्तव्य जारी गरेका हुन । 

विज्ञप्तिमा गाजाको भयावह अवस्थाले निम्त्याएको मानवीय दुःख अस्वीकार्य भएको उल्लेख गरिएको छ । उनीहरूले हमासले द्वन्द्वको अन्त्य गरी सबै बन्धकहरूलाई रिहा गर्नु पर्नेमासमेत जोड दिएका छन् । अक्टोबर–७ को आक्रमण र जारी आतङ्कवादी कार्यका लागि हमासको निन्दा गर्दै उनीहरूले गाजाको भावी शासनमा हमासको कुनै भूमिका नरहेको उल्लेख गरेका छन् । 

इजरायलले अन्तर्राष्ट्रिय समुदायको चिन्ता सुन्नुपर्ने कुरामा जोड दिँदै उनीहरूले नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न आह्वान गरेका छन् । उनीहरूले गाजामा तत्काल युद्धविरामको आव्हान गर्दै मानवीयता सम्बोधनका लागि सहायता प्रवाहमा निरन्तर वृद्धि गर्न आवश्यक रहेको जनाएका छन् । 

यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनको व्यापक युद्धविराम सम्झौतालाई स्मरण गर्दै उनीहरूले सम्झौताको लागि समर्थन व्यक्त गरेका छन् । निरन्तरको युद्धले गाजामा तनाव बढ्ने चिन्तासहित नेताहरूले अप्रिल १३–१४ मा इरानले इजरायलमा गरेको आक्रमणको निन्दा गर्दै इरानलाई थप अस्थिरता नफैलाउने आग्रह गरेका छन् । उनीहरूले युद्ध विराम आह्वानको संयुक्त विज्ञप्तिमा तेल अवीवमा ड्रोन आक्रमण र अन्तर्राष्ट्रिय ढुवानीमा हुथीहरूको गैर न्यायिक कार्यहरूको पनि निन्दा गरेका छन् । 

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डका नेताहरूले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव-१७०१ कार्यान्वयन गर्ने कूटनीतिक प्रयासलाई समर्थन व्यक्त गर्दै संलग्नहरूलाई संयमता अपनाउन आग्रह गरेका छन् । युद्ध लम्बिदाले इजरायल र लेबनान र यहाँका नागरिकका लागि विनाशकारी परिणाम निम्त्याउनेसमेत  विज्ञप्तिमा उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: