Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

बागमतीमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, थप चार जना मन्त्री नियुक्त

खबरडबली संवाददाता

हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार गर्दै थप चार जना मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्रीमा बहादुर सिं लामा तामाङको सिफारिसमा शनिबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद् पुनगर्ठन एवं कार्यविभाजन गरेका हुन् । 

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री लामाको उपस्थितिमा हरिप्रभा खड्गी (श्रेष्ठ), सुरज चन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरीलाई मन्त्री पदको पद तथा गोपनियताको शपथ गराए । खड्गीलाई सामाजिक विकास मन्त्रालय, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय र ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

यस्तै मन्त्रीमण्डल विस्तारसँगै यसअघि गत बुधबार मन्त्रिपरिषद् गठन बिना विभागीय नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनामध्ये कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिने गरी कार्यविभाजन गरिएको छ । तर यसअघि बिना विभागीय मन्त्रीमा नियुक्त मदुकुमार श्रेष्ठको दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन एवं कार्यविभाजन हुँदासमेत मन्त्रालय तोकिएको छैन ।

१३ वटा मन्त्रालय रहेको बागमती प्रदेश मन्त्रिपरिषद् दोस्रो पटक विस्तार हुँदा १४ जना मन्त्री नियुक्त भएका छन् । यस्तै यसअघि नै एमालेका प्रकाश श्रेष्ठले कृषि  तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, कृष्णप्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, अमनकुमार मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, शुकमाया तामाङले उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माेरङमा एक क्विन्टल गाँजासहित एक पक्राउ

माेरङ । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ र जहदा गाउँपालिकाको सिमानाबाट शुक्रबार राति साढे ८ बजेतिर १ सय २० किलोग्राम गाँजा बरामद गरेको छ ।  भा...

सञ्चालनमा आयो पासाङ्ल्हामु मार्ग

रसुवा । भारी वर्षासँगै खसेको पहिरोका कारण अवरुद्व भएको रसुवाको पासाङ्ल्हामु मार्ग सञ्चालनमा आएको छ । सडकमार्ग सञ्चालनमा आएसँगै ग्राङ र ठाडेबीच मूलखर्क...

पोतोङतार्न थाइल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण

बैङ्कक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  पूर्व प्रधानमन्त्री थाक्सिन सिना...

बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित

स्याङ्जा । बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको गल्याङ नगरपालिकाका कृषकले परम्परागत रूपमा लगाउँदै ...

गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइयाे

काठमाडौं । भगवान गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको उत्पत्ति भएको शास्त्रीय मान्...

अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपियो, बेरोजगारी दर ४.२ प्रतिशत

अमेरिका । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ । रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै ब...

विभिन्न स्थानमा सातजना मृत फेला

काठमाडौं । सङ्खुवासभा र सल्यानसहित देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेका छन् ।  सङ्खुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राई...

अमेरिकामा जनावरको सम्पर्क विना नै बर्डफ्लुबाट सङ्क्रमितको पहिलो घटना पुष्टि

अमेरिका । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआईकन एक व्यक्तिमा वर्ड फ्लु सङ्क्रमण देखिएको छ ।  रोग नियन्त्रण तथा रोक...

यागी नाम दिइएको चक्रवातका कारण चीनमा दुई जनाको मृत्यु

चीन । दक्षिण चीनको टापु प्रान्त हाइनानमा सुपर टाइफुन यागीले निम्त्याएको भारी वर्षा र वेगवान् हुरीको कारण कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ९२ जना घ...

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy