एजेन्सी । इजरायली कब्जामा रहेको सिरियाको भूमि गोलान हाइट्समा भएको आक्रमणमा परेर १२ जनाको ज्यान गएपछि इजरायलले लेबनानको विद्रोही समूह हिजबुल्लाहका अखडामा बमबारी शुरु गरेको छ ।
हिजो गोलान हाइट्सको एक फुटबल मैदानमा भएको आक्रमणमा बालबालिकासहित १२ जनाको ज्यान गएको थियो । यो आक्रमणमा लेबनानको विद्रोही सङ्गठन हिजबुल्लाह दोषी रहेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।
आज बिहानैदेखि इजरायलले हिजबुल्लाहका अखडामा लडाकु विमानबाट बम र मिसाइल प्रहार गरिरहेको छ । हिजबुल्लाहले कुनै पनि संलग्नतालाई कडा रूपमा अस्वीकार गरेको छ । बढ्दो तनावले इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध शुरू हुने सम्भावना छ । हिजबुल्लाहलाई सहयोग गरिरहेको इरानले यदि इजरायलले इजबुल्लाहमाथि दमन गरेमा चुप लागेर नबस्ने चेतावनी दिएको छ । यसले गर्दा इरान र इजरायलबीच पनि द्वन्द्व बढ्ने डर छ ।
लेबनानको विद्रोही समूह हिजबुल्लाहले इजरायलविरुद्ध बेलाबेलामा आक्रमण गर्दै आएको छ । बेलाबेलामा छिटफुट लडाइँ भए पनि हिजबुल्लाह र इजरायलबीच पूर्ण क्षमताको युद्ध भएमा मध्यपूर्व नै द्वन्द्वमा फस्ने जोखिम बढेको छ ।
संयुक्त राष्ट्रसङ्घले एक विज्ञप्ति निकालेर सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका दूत टोर वेनेस्ल्यान्डले घटनाको निन्दा गर्दै विश्वले अर्को युद्धको सामना गर्न नसक्ने भएकाले संयम हुन आग्रह गरेका छन् । लेबनान सरकारले पनि नागरिकविरुद्धका सबै हिंसा र आक्रमणको निन्दा गरेको छ ।
सिरियाको भूमिमा पर्ने गोलान हाइट्सलाई इजरायलले कब्जामा लिएर बस्ती बसालेको छ । सन् १९८१ मा सिरियाबाट यो क्षेत्र कब्जा गर्दा गोलनमा बस्नेहरूलाई इजरायली नागरिकता प्रदान गरिएको थियो तर सबैले स्वीकार गरेका थिएनन् । त्यहाँ २५ हजार जनाको हाराहारीमा द्रुज समुदायका मानिस बस्छन् । गोलान हाइट्स कब्जा गरेर आफ्नो भूमि बनाउने इजरायलको कदमलाई विश्वका धेरैजसो देशले मान्यता दिएका छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: