Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

खबरडबली संवाददाता

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकैपटक शपथ गराउने तयारी अघि बढाएको छ । यसका लागि लामिछाने र शाहबीच सम्भावित मन्त्रीहरूको सूची तयार पार्ने विषयमा निरन्तर छलफल भइरहेको छ । आवश्यकताअनुसार अन्य शीर्ष नेता र सम्भावित मन्त्रीहरूसँग पनि परामर्श भइरहेको बताइएको छ ।

पार्टीका एक शीर्ष नेताका अनुसार प्रस्तावित मन्त्रिपरिषद्मा स्वर्णिम वाग्ले अर्थमन्त्री र शिशिर खनाल परराष्ट्रमन्त्री बन्ने लगभग निश्चित छ । सुनील लम्साल पनि मन्त्री बन्ने पक्का भए पनि उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लाग्न बाँकी छ । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने वा गृह मन्त्रालयको जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ ।

शाह निकट एक नेताका अनुसार मन्त्रिपरिषद्मा कम्तीमा तीन जना महिला मन्त्री समावेश गर्ने योजना छ । महिलातर्फ सोबिता गौतम र इन्दिरा राना लाई मन्त्री बनाउने विषयमा पनि छलफल चलिरहेको छ । सोबितालाई सभामुख बनाउने विकल्पसमेत विचाराधीन रहेको बताइएको छ ।

रास्वपाले मन्त्रालयको संख्या १५ देखि १८ को बीचमा राख्ने र अधिकतम १५ जना मन्त्री बनाउने तयारी गरेको छ । आवश्यकताअनुसार एउटै व्यक्तिलाई दुई मन्त्रालयसम्मको जिम्मेवारी दिन सकिने सम्भावनामा पनि छलफल भइरहेको छ । उपप्रधानमन्त्री राख्ने वा नराख्ने विषय भने अझै टुंगिएको छैन ।

५ चैतमा भएको एक बैठकमा लामिछाने, शाह तथा अन्य शीर्ष नेताहरूले मन्त्री छनोटबारे प्रारम्भिक छलफल गरेका थिए । त्यसयता निरन्तर संवाद जारी रहेको छ । पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटी ले मन्त्री चयनबारे छलफल भइरहे पनि अन्तिम निर्णय नभएको बताएका छन् । त्यस्तै, प्रवक्ता मनीष झाले प्रधानमन्त्रीसँगै सबै मन्त्रीले शपथ लिएर तत्काल काम सुरु गर्ने योजना रहेको जानकारी दिएका छन् ।

सरकार गठनसँगै सुशासन, मन्त्रालय सुधार र पार्टीको चुनावी प्रतिबद्धता कार्यान्वयनमा जोड दिने तयारी पनि भइरहेको छ । योग्य र सक्षम व्यक्तिलाई प्राथमिकता दिने तथा अयोग्यलाई पदबाट हटाउने नीति पार्टीले लिएको प्रवक्ता झाले बताएका छन् ।

यसैबीच, रास्वपाले संसदीय दलको नेता चयन गर्न १२ चैतमा केन्द्रीय समिति बैठक बोलाएको छ । सोही बैठकबाट शाहलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री बनाउने तयारी छ । प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत रहेको छ, जहाँ उसका १ सय ८२ सांसद छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending