काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देश बाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुहुँदै समिति सभापति सूर्यबहादुर थापाले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए।
उनले विदेश फरार रहेका व्यक्ति संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहे पनि विदेशमा रहेकाले सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको जानकारी दिए। उनले बचतकर्ताहरूको बचत दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिले सोधपुछ गर्न आवश्यक भएको औंल्याए ।
सभापति थापाले विदेशमा रहेका १८ जनालाई पनि समितिको छानबिनको दायरामा आउन जरुरी रहेको बताउनुभयो । उहाँले सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीवी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनलाई नेपाल फर्काउन आग्रह गरिएको बताए ।
यसैगरी, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्बिरण खातुन र असरफ अलि,सहारा बचत तथा ऋण सहकारी र सुप्रिम सुवास के।सी, कान्तिपुर सेभिङका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको जानकारी उनले दिए।
उनले १८ जना अमेरिका, बेलायत, मेलेसिया, युरोपलगायत भारत र कतिको अज्ञात रहेकाले बचत कर्ताहरूको गुनासो रहेको बताए।
सभापति थापाले सहकारी ठगी गरेका आरोपमा विराटनगर, कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्ने बताए । उनले सोधपुछका लागि जनशक्ति र समयको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको पनि बताए।
उनले समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको बताए। उनले बैठकमा गुण कोअप्रेटिभका सञ्चालक राजेन्द्र शाक्यले बचतकर्ताको रकम फिर्ता गरेको जनाकारी दिएको पनि सभापति थापाले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: