Ntc summer Offer
Khabar Dabali १० भाद्र २०८२ मंगलवार | 26th August, 2025 Tue
Investment bank

दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा

खबरडबली संवाददाता

तनहुँ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो । 

अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको अस्पतालका प्रमुख डा.परिवर्तन बरालले जानकारी दिए । अस्पतालमा तनहुँका अतिरिक्त छिमेकी लमजुङका बासिन्दाले  स्वास्थ्य सेवा लिएको डा बरालको भनाइ छ । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा अस्पतालले ७३ हजार दुई सय ५३ लाई सेवा दिएको थियो । 

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा ६४ हजार पाँच सय ९४ लाई सेवा दिएको थियो । अस्पतालले सोही अवधिमा ३० हजार छ सय ५३ जनालाई प्रयोगशाला सेवा दिएको छ । त्यस्तै दुई हजार नौ सय ५९ जनालाई सर्जिकल सेवा प्रदान गरिएको बरालले जानकारी दिए । दुई सय ९८ जनालाई सामान्य प्रसूति सेवा र १९ जनालाई शल्यक्रिया प्रसूति सेवा दिइएको बरालको भनाइ छ । डा.बरालले भने, “बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेकै जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।”

अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । अस्पतालमा ३१ डाक्टर, ३६ स्टाफ नर्स, छ प्रयोगशालाका कर्मचारी, सात प्रशासनका कर्मचारी, १३ अन्य प्राविधिक र २२ सहायक कार्यरत छन् । पन्ध्र शय्या स्वीकृतिको अस्पतालले हाल ५० शय्यामा सेवा दिइरहेको छ । अस्पताललाई अब ५० देखि एक सयसम्म शय्यामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको डा.बरालको भनाइ छ ।

त्यस्तै अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलिसिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेण्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता खड्किएको बरालले बताए । अस्पतालको स्तरोन्नतिका लागि जग्गा प्राप्ति बाधक बनिरहेको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए । जग्गा प्राप्ति गर्न सकिए अस्पताल स्तरोन्नति हुने भए पनि जग्गाको अभावमा अस्पतालको स्तरोन्नति रोकिएको उनको भनाइ छ । 

उनले भने, “अस्पताल स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारलाई पटक-पटक ध्यानाकर्षण गराइसकेका छौँ, तर पहलले सार्थक रूप पाउन सकेको छैन ।” गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा विनोदविन्दु शर्माले जग्गाको समस्याका कारण दमौली अस्पताल स्तरोन्नतिमा ढिलाइ भएको बताए । अन्य केही जिल्लामा जग्गा प्राप्ति भएसँगै भवन निर्माणको काम अगाडि बढे पनि दमौली अस्पतालको मुख्य समस्या भनेकै जग्गा प्राप्ति नहुनु भएको उनको भनाइ थियो । 

उनले भने, “प्रदेश सरकार दमौली अस्पतालको स्तरोन्नतिका लागि गम्भीर छ, सङ्घ सरकारसँग समन्वय गरेर यसको स्तरोन्नतिका कदम अगाडि बढाउनुपर्नेछ ।” अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स-रे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार भइसकेका छन् । रासस  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थप तीन दिन विद्यालय बन्द, वीरगञ्जमा ११४ जनामा हैजा पुष्टि

वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य कार्यालय पर्साका अनुसार मंगलबार साँझसम्म ९३ जना अस्पताल भर्ना भएका र हालसम्म ११४ ...

तीन तहको सरकारको समन्वयबाट समृद्धि सम्भव : स्वास्थ्यमन्त्री

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तीन तहको सरकारको समन्वयबाट समृद्धि सम्भव रहेको बताएका छन् । तनहुँको भिमाद नगरपालिकामा आज आयोज...

नवलपुरमा अटो दुर्घटनमा एकको मृत्यु, ११ घाइते

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रह...

लिजामा देशकै सर्वोत्कृष्ट गाउँपालिका अध्यक्ष बनेका कृष्ण बहादुर थपलिया ‘विवेक’लाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई स्थानीय सरकार संस्...

त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार

तनहुँ । देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्...

सुनसरी र नुवाकोटमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । सुनसरी र नुवाकोटमा भएका सवारी दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपु...

हत्यामा संलग्न रहेको अभियोगमा ८ जना पक्राउ

स्याङ्जा । वालिङ नगरपालिका–५ बाहुनडाँडा बस्ने ३२ वर्षीय ढाल बहादुर थापाको हत्यामा संलग्न रहेको अभियोगमा ८ जनालाई पक्राउ परेको पनि छ । पक्राउ पर्नेह...

ललितपुरमा ९१ लाखसहित सिन्धुलीका युवक पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका– ४, भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरव स्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० ह...

बागलुङकाे रोपो कुहिन थालेपछि किसान चिन्तित

बागलुङ । यहाँको काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रूपमा कुहिएको छ । गोडमेल गर्ने बेलामा...

इजरायल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ गरेका छन् ।  पक्राउ पर्नेहरूमा स्याङ्जा पुतली...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending