सुर्खेत । सुर्खेतमा करिब एक महिनादेखि खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि साना होटल तथा रेस्टुरेन्ट व्यवसाय प्रभावित भएका छन्। ग्यास सहज रूपमा उपलब्ध नहुँदा केही व्यवसायीले होटल तथा रेस्टुरेन्ट बन्द गर्न थालेका छन् भने कतिपयले दाउरा र विद्युतीय चुलोको सहारामा व्यवसाय धानिरहेका छन्।
वीरेन्द्रनगर बजारमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका आशिष गुरुङले चार दिनदेखि ग्यास नपाएपछि होटल बन्द गर्नुपरेको बताए। ग्यासको खोजीमा पटक–पटक प्रयास गर्दा पनि उपलब्ध नभएपछि व्यवसाय बन्द गर्न बाध्य भएको उनको भनाइ छ।
ठूला होटलले नेपालगन्जबाट ग्यास ल्याएर सञ्चालन गरिरहेका छन्। तर, साना होटल तथा रेस्टुरेन्टले पर्याप्त ग्यास नपाउँदा दैनिक सञ्चालनमै समस्या भएको व्यवसायीहरू बताउँछन्।
ग्यास व्यवसायी जगत पन्तका अनुसार सुर्खेतमा मागको तुलनामा निकै कम मात्रामा ग्यास आउने भएकाले वितरणमा समस्या भइरहेको छ। उनका अनुसार सिलिन्डर थोरै आउने तर उपभोक्ता धेरै भएपछि सबैलाई ग्यास उपलब्ध गराउन सकिएको छैन।
जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको निर्देशनअनुसार ग्यास वितरण गरिए पनि अभाव हट्न नसकेको पन्तले बताए। उनका अनुसार अहिले सुर्खेतमा ३० हजारभन्दा बढी खाली सिलिन्डर ग्यासको पर्खाइमा छन्।
नेपाल आयल निगम सुर्खेतका अनुसार साउन १ देखि २७ गतेसम्म ४४ हजार ५०१ सिलिन्डर ग्यास वितरण भइसकेको छ। यति ठूलो परिमाणमा ग्यास वितरण भएको तथ्यांक रहे पनि बजारमा भने अभाव कायमै रहेको व्यवसायी तथा उपभोक्ताको गुनासो छ।
ग्यासको नियमित आपूर्ति हुन नसक्दा साना होटल तथा रेस्टुरेन्ट मात्र नभई दैनिक उपभोगमा निर्भर व्यवसायसमेत प्रभावित भएका छन्। व्यवसायीहरूले तत्काल आपूर्ति बढाएर साना व्यवसायीलाई समेत सहज रूपमा ग्यास उपलब्ध गराउन माग गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: