धादिङ । ग्राहकलाई सडेगलेको दूषित खाना खुवाउने थाक्रे गाउँपालिका-८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटेललाई दुई लाख जरिवाना गराइएको छ।
बासी र गनाइसकेको खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गराएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए। खाना बासी, गनाएको र दूषित रहेको भन्ने गुनासो गर्दा सञ्चालकले ग्राहकलाई गालीगलौज समेत गरेको पाएको उनले बताए।
‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ। जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सकिनेछ’, उनले भने।
सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एक उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटेलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए। त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटेलमा पुगेको थियो।
‘फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकार गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ९ गते, २०८१ - ०९:३१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन् । हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्र...
मंसिर ९ गते, २०८१ - ०९:२५
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित ग...
मंसिर ९ गते, २०८१ - ०९:१९
काठमाडौं । काठमाडौँको सुन्धारास्थित धरहरा चढ्न आजदेखि शुल्क लाग्ने भएको छ। यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला...
मंसिर ९ गते, २०८१ - ०९:१४
काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तर्वार्ता जारी छ। अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा. नवराज अधिकारी, चिरञ्जीवी चाप...
मंसिर ९ गते, २०८१ - ०९:१०
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक वनसम्मको आठ किलोमिटर क्षेत्रमा तारजालीको छेकबार लगाएपछि मा...
मंसिर ९ गते, २०८१ - ०८:३१
महोत्तरी । स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर–२ का मतदाताले कृषि क्षेत्र राज्यबा...
मंसिर ९ गते, २०८१ - ०७:५९
गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका प्...
मंसिर ९ गते, २०८१ - ०७:५४
काठमाडौं । भारतको महाराष्ट्र विधानसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको महायुति गठबन्धनले दुई तिहाई मत पाएको छ। २ सय ८८ सिटको महाराष्ट्र व...
मंसिर ९ गते, २०८१ - ०७:४७
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई ...
मंसिर ९ गते, २०८१ - ०७:३९
नारायणकाजी भन्छन्- पार्टीमा गुट नियन्त्रण गर्न नसकेकोमा ३५/३६ वर्षदेखि पार्टीको प्रमुख नेता प्रचण्डले मुख्य जिम्मेवारी लिनुपर्छ
प्रतिकृया लेख्नुहोस्: