Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो, उच्च जोखिममा राजधानी

खबरडबली संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको आयल निगमको हवाई इन्धन डिपोका कारण विमानस्थल र राजधानी क्षेत्र नै उच्च जोखिममा छ ।

त्रिभुवन विमानस्थलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा सिनामंगलतर्फ रहेको यही डिपोबाट इन्धन भरिँदै आएकाले सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिममा रहेको हो। 

विमानस्थलको धावनमार्ग (रनवे) बाट ८० देखि १०० मिटर दूरीमा रहेको यो डिपोमा विमान वा अन्य दुर्घटना भए त्यसले राजधानीकै लागि उच्च जोखिम निम्त्याउँछ । 

हवाइ इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनासँगै डिपो खोलिएको थियो। निगमले हवाई इन्धन डिपोमा सुरक्षाका मापदण्ड अपनाए पनि विमान वा अन्य सम्भावित दुर्घटनामा जुनसुकै वेला गम्भीर क्षति गर्न सक्ने उच्च सम्भावना छ।

यही साउन ९ गते धावनमार्गबाट करिब दुई सय मिटरमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाले त्यो जोखिम अरू उच्च रहेको स्पष्ट देखाएको छ । उक्त दुर्घटना विमानस्थलको उत्तरपूर्वी क्षेत्रमा भयो, त्यही दुर्घटना विमानस्थलको दक्षिण पश्चिम क्षेत्रतिर भएको भए डिपोलाई प्रत्यक्ष असर पर्ने थियो। 

आयल निगम, हवाई इन्धन डिपो कार्यालय सिनामङ्गलका प्रमुख प्रदीप यादवले यो तथ्यलाई स्वीकार गर्दै भने, ‘गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्स उत्तरतिरबाट उडेर दायाँ मोडेको भए डिपोमै परी ठूलो क्षति हुने थियो।’

यो डिपो अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) को अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डविपरीत छ। त्यसैले आईकाओले डिपो त्यहाँबाट हटाउन नागरिक उड्डयन प्राधिकरणमार्फत नेपाल आयल निगमलाई दुई वर्षअघि नै पत्राचार गरेको थियो। तर निगम व्यवस्थापनले भने यसलाई त्यति गम्भीर रूपमा लिएको छैन । बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भदौ २४ गतेको घटनामा ९३३ वटा मुद्दा दर्ता- १९१ जना थुनामा, ओली र लेखकको बयानको तयारी

जाँचबुझ आयोगले भदौ २४ गतेको घटनाबारे के सिफारिस गरेको छ ?

गाउँमा आएन डिपबोरिङमा पानी

दाङ । दाङको तुलसीपुरस्थित बबई लिफ्टिङ खानेपानीअन्तर्गत ६ डिपबोरिङ निर्माण गर्ने गरी योजना तयार गरिएको थियो । योजनाअनुसार तुलसीपुरको गोलौरा, सन्तनिरंका...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

मकवानपुर । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका ...

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू ...

एकताको संवाद थाल्ने तयारीमा देउवा–कोइराला पक्ष

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा आइतबार अदालतबाट निर्णय नआए पार्टी एकताका लागि संवाद थाल्ने तयारीमा पूर्वसभापति श...

हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरि...

विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण बागमती, गण्डकी, कर्णाली, स...

एमाले अध्यक्ष ओली चिकित्सकको निगरानीमा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको निगरानीमा रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण ...

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । ...

प्रधानन्यायाधीश राउत सेवानिवृत्त, सपना कायममुकायम

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएका छन् । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending