एजेन्सी । मध्यपूर्वका ‘सबै पक्ष’लाई गाजामा ‘बढ्दो गतिविधि’ रोक्न र युद्धविराम गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बिहीबार आग्रह गरेका छन् । इरानले इजरायलमाथि आरोप लगाएको तेहरानमा भएको आक्रमणमा हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको मृत्यु भएपछि अमेरिकी कुटनीतिज्ञको यो भनाइ आएको हो ।
इजरायलले लेबनानको राजधानी बेरुतमा गरेको जवाफी कारबाहीमा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको बताएको केही घण्टापछि इस्माइल हनियाको मृत्यु भएको थियो । सिरिया, लेबनान, इराक र यमनमा इरान समर्थित लडाकू समूहमा जारी द्वन्द्व र गाजामा जारी युद्धका कारण क्षेत्रीय तनाव चर्किरहेका बेला यी हत्याहरू भएका हुन् ।
इजरायलले तेहरानको आक्रमणबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । मङ्गोलियाको राजधानीमा बोल्दै उच्च अमेरिकी कूटनीतिज्ञ ब्लिन्केनले मध्यपूर्व द्वन्द्व, हिंसा, पीडा र थप असुरक्षाको दिशामा अघि बढिरहेको बताएका हुन् । ब्लिन्केनले मङ्गोलियन समकक्षीसहित गरेको पत्रकार सम्मेलनमा हिंसाको अन्त्य युद्धविरामबाट सुरु हुन्छ र हामीले यसका लागि काम गरिरहेका छौँ ।
उनले भने, “युद्धविराम र शान्तिका लागिसबैभन्दा पहिले सबै पक्षसँग कुरा गर्न, कुनै पनि आक्रामक कदम चाल्न बन्द गर्न र द्वन्द्वरत पक्ष सहमतिमा आउने कारणहरू खोज्न आवश्यक छ ।” बुधबार सिङ्गापुरमा ब्लिन्केनले प्यालेस्टिनी इस्लामिक आन्दोलनका नेताको मृत्युबारे प्रत्यक्ष रूपमा टिप्पणी गरेको थिएन ।
इजिप्ट र कतारसँग मिलेर संयुक्त राज्य अमेरिकाले नेतृत्व गरिरहेको गाजामा सम्भावित युद्धविराममा हनियाको हत्याले पार्ने प्रभावबारे कुनै टिप्पणी गर्न उनले अस्वीकार गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: