गुलरिया । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटे बाघलाई लट्ठ्याउने प्रविधि (डार्ट) बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ । घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ ।
नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो । बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताए । घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जङ्गल नजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुनसक्ने अनुमान गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा छ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ । यहाँ तीनवटा बाघ बिरामी छन् । आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको गुनासो उनको छ । बाघको सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनमा पनि समस्या छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - १७:००
काठमाडौँ । मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनको लागि निर्वाचन आयोगलेआवश्यक पर्ने मतपत्रका नमुनाहरु सार्वजनिक गरेको छ। उम्मेदवारको सङ्ख...
मंसिर ७ गते, २०८१ - १६:२८
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोलाले मङ्सिर ९ र १० गते स्थानीय बिदा दिएको छ। गाउँपालिकाले शुक्रबारदेखि सुरु भएको अध्यक्ष कप तथा फुङ्फुगे महोत्सव २०८१ क...
मंसिर ७ गते, २०८१ - १६:१७
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट परेको छन। नेकपा (एमाले)का काठमाडौँ, ललितपुर र भक्त...
मंसिर ७ गते, २०८१ - १५:५७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन ...
मंसिर ७ गते, २०८१ - १५:५२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आशन्न चीन भ्रमण अत्यन्त सफल हुने बताएका छन् । नेकपा एमालेका उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमा...
मंसिर ७ गते, २०८१ - १५:४१
काठमाडौँ । सभामुख देवराज घिमिरेले जनमत पार्टीले संसद गोमा लाभ सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने निर्णय गरेका छन् । सभामुखको सचिवालयका अनुसार र...
मंसिर ७ गते, २०८१ - १५:३०
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने ...
मंसिर ७ गते, २०८१ - १५:२८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ सालको चुनावसम्म अहिलेकै गठबन्धन कायम रहने स्पष्ट गरेका छन् । नेकपा एमालेले काठमाडौँको दरबारमार्गमा आयो...
मंसिर ७ गते, २०८१ - १४:४३
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सकियो भन्नेहरुका लागि जागरण सभा जवाफ भएको बताएका छन् । काठमाडौँको दरबारमार्गमा आयोजित एमालेको ...
मंसिर ७ गते, २०८१ - १४:४०
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लोडसेडिङको अन्त्य गर्ने काम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको बताएका छन् ।एमालेले शु...
प्रतिकृया लेख्नुहोस्: