Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

म्याग्दे गाउँपालिकाको दोस्रो आवधिक योजना तयार

खबरडबली संवाददाता

दमौली । जिल्लाको म्याग्दे गाउँपालिकाले दोस्रो आवधिक विकास योजना तयार गरेको छ । गाउँपालिकाले समृद्ध म्याग्दे निर्माण गर्ने लक्ष्यसहित विभिन्न पक्षलाई समेटेर आवधिक विकास योजना (२०८१–८२) (२०८५–८६) तयार गरेको हो ।

‘आत्मनिर्भर समृद्ध म्याग्देको आधार, मानव विकास, कृषि, पर्यटन र पूर्वाधार’ नारासहित आवधिक योजना तयार गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार(२०८१–८२) (२०८५–८६) को पञ्चवर्षीय दोस्रो आवधिक योजनामा म्याग्देलाई समृद्ध गाउँपालिका बनाउने योजना प्रस्तुत गरिएको छ ।

दोस्रो आवधिक योजनालाई कार्यान्वयन गर्न चालु आवमा विकास निर्माण, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रका योजना कार्यान्वयन गर्ने तयारी भएरहेको अध्यक्ष श्रेष्ठले बताए । सरकारले सन् २०१६ देखि सन् २०३० सम्मका लागि दिगो विकासका विभिन्न १७ वटा लक्ष्य निर्धारण गरेको सन्दर्भमा यसलाई आधार मानेर गाउँपालिकाले दोस्रो पञ्चवर्षीय आवधिक योजना तयार गरेको उनले उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले भने, “नेपालको संविधानले निर्देश गरे अनुसारका नीतिसँग समायोजन हुने गरी दिगो विकासको लक्ष्य हासिल गर्न आवधिक र दीर्घकालीन रुपमा योजना तर्जुमा गरी सोहीअनुसार कार्यान्वयन गर्नुपर्ने मुख्य आवश्यकता छ ।”

उक्त योजना कार्यान्वयन गर्न भौतिक पूर्वाधारतर्फ पालिकाको प्रशासनिक भवन निर्माणलाई पूर्णता दिने, सभाहल, वडा कार्यालय परिसरमा थालिएका संरचना, १० शय्याको अस्पताल निर्माण, ल्यान्डफिल्ड साइडको अपूरो संरचना, वडास्तरीय सडक संरचना निर्माण तथा स्तरोन्नति गर्ने कामलाई प्राथमिकता दिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कृषि तथा पशुको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा लगानी अभिवृद्धि तथा पर्यटन पूर्वाधारको विकास र प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ऊर्जाको विकास, विस्तार र सुदृढीकरण, घरेलु उद्यमको विकास, स्वरोजगारी सिर्जना तथा बेरोजगारी समस्याको समाधानलाई पनि प्रमुख प्राथमिकतामा राखिएको छ । 

जलस्रोतको विकास र सिँचाइ, खेलकुद पूर्वाधारको विकास र विस्तार, मानव संशाधनको विकास तथा लक्षित वर्ग हितमूलक कार्यक्रम सञ्चालन, वन वातावरण, वृक्षारोपण, जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् तथा प्रकोप व्यवस्थापन र विभिन्न समयमा देखा पर्ने सङ्क्रामक रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सामाजिक सुरक्षा, संरक्षण, न्याय र सामाजिक समावेशीकरण तथा गरिबी निवारण, स्वरोजगार र युवा पलायनलाई नियन्त्रण गर्ने कार्यक्रमलाई दोस्रो पञ्चवर्षीय आवधिक योजनाको मुख्य प्राथमिकतामा राखेको उनले उल्लेख गरे । म्याग्देलाई आगामी पाँच वर्षभित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्य लिइएको पालिका कार्यालयले जनाएको छ । 

पालिकाले लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्र, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल तथा सडक सरसफाइ, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संशाधन विकास, सूचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरणमैत्री दिगो विकास गरिने अधिकारीले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending