Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

खोटाङमा ट्रान्सफरमर मर्मतपछि विद्युत सञ्चालन

खबरडबली संवाददाता

खोटाङ । चट्याङले ट्रान्सफरमर जलेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा अवरुद्ध बनेको विद्युत् चार दिनपछि नयाँ ट्रान्सफरमर फेरेपछि सञ्चालनमा ल्याइएको छ । यही साउन १५ गते वर्षासँगै परेको चट्याङले जलेको ट्रान्सफरमर जलेर विद्युत् आपूर्ति बन्द भएको थियो । 

उक्त स्थानमा नयाँ ट्रान्सफरमर जडान गरेपछि गए रातिदेखि विद्युत् सञ्चालनमा आएको विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले जनाएको छ । खार्मीस्थित सोतीमा रहेको ट्रान्सफरमर जलपछि सोती, फुलबिसौना, डढेली र खत्रीगाउँका ९० घरमा विद्युत् आपूर्ति बन्द भएको केन्द्रका प्रमुख सोवितबहादुर क्षत्रीले जानकारी दिए ।

अवरुद्ध विद्युत् सञ्चालनका लागि उपभोक्ताले प्रतिघर रु एक सय २५ का दरले रकम सङ्कलन गरेर रु १० हजारमा ट्रान्सफरमर ढुवानी गरिएको स्थानीय हर्कराज राईले बताए । “उपभोक्ताले महसुल तिरेपछि बिग्रिएको ठाउँमा प्राधिकरणले निःशुल्क मर्मत गर्नुपर्छ । अहिले उपभोक्ताले रकम सङ्कलन गरी ट्रान्सफरमर ढुवानी गर्न प्राविकरणलाई सहयोग गरेका छौँ”, राईले भने, “दिक्तेलस्थित प्राधिकरणको कार्यालयबाट ढुवानी गरिएको ट्रान्सफरमर प्राधिकरणका प्राविधिक आएर जडान गरेका हुन् ।”

ट्रान्सफरमर जलेर विद्युत् सेवाबाट वञ्चित यहाँका उपभोक्ताले मर्मत गर्न खर्च आफैँले व्यवस्थापन गर्नुपरेपछि आगामी दिनमा यस्ता समस्या आएमा प्राधिकरणसँग समन्वय गर्न विद्युत् मर्मत तथा व्यवस्थापन समिति निर्माण गरेका छन् । अवरुद्ध भएको समयमा प्राधिकरणलाई खबर गर्न तथा भैपरी आउने सामान्य खर्च सामूहिकरुपमा उपलब्ध गराउनेगरी स्थानीय वीर्खबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । 

साउन १५ गते परेको चट्याङले खार्मीसँगै निर्मलीडाँडा र बाहुनीडाँडामा जडान गरिएको विद्युत्को ट्रान्सफरमर जलेको थियो । ट्रान्सफरमर मर्मत नहुँदा सो क्षेत्रका स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् । दश स्थानीय तह रहेको जिल्लाका अन्य ठाउँमा यसअघि पटकपटक विद्युत् अवरुद्ध हुँदै आएको थियो । लामो समयदेखि अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरणले समयमा मर्मत नगर्दा उपभोक्तालाई सास्ती भइरहेको स्थानीय राईले बताए । 

जिल्लामा सञ्चालन गरिएको विद्युत् छिनछिनमा आउनेरजाने समस्याले घरमा जडान गरिएका मिटरबक्स, फ्युज तथा बल्ब जल्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । लामो दूरी, जङ्गलको बाटो, होचो खम्बा र ठाउँठाउँमा पहिरो जाने समस्याले पटकपटक विद्युत् अवरुद्ध हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ । 

ट्रान्सफरमर जलेर अवरुद्ध भएका स्थानमा नियमित विद्युत् सञ्चालनमा ल्याउन प्राधिकरणले पहल गरिरहेको वितरण केन्द्रका प्रमुख क्षेत्रीले बताए । “चट्याङले जलेको ठाउँमा नयाँ ट्रान्सफरमर जडान गरेपछि मात्र विद्युत् सञ्चालन गर्न सकिन्छ । खार्मीमा उपभोक्ता आफैँले ढुवानी गरेर काम सहज बनाएका छन्  । ढुवानीबापतको रकम प्राधिकरणले उपलब्ध गराउँछ”, उनले भने, “बाहुनीडाँडा र निर्मलीडाँडामा प्राविधिक टोलीसहित ट्रान्सफरमर पठाइसकेका छौँ । सम्भवतः आज बेलुकासम्ममा नियमित विद्युत् सञ्चालन हुन्छ ।”

पछिल्लो समय ३३ केभी क्षमताको केन्द्रीय प्रशारण लाइनमा आएको समस्याका कारण जिल्लामा सञ्चालन गरिएको विद्युत्मा समस्या आएको दिक्तेल वितरण केन्द्रका प्रमुख क्षत्रीले बताए । वर्षाद्को समयमा विद्युत् अवरुद्ध नहोस् भनेर प्रसारण लाइन वरपर सरसफाइ गरी व्यवस्थापकीय काम थालिएको उनले उल्लेख गरे । 

विसं २०५७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको केन्द्रीय प्रसारण लाइनको विद्युत् जिल्लाका सबै स्थानीय तहमा पुगेको पुगेको छ । वर्षाद्को समयमा अवरुद्ध भएको विद्युत् पुनःसञ्चालनमा ल्याउन प्राधिकरणले हप्ता दिनसम्मलगाउने गरेको छ । जङ्गलको बाटो भएर उदयपुरको जलजलेबाट खोटाङको बुइपामा ल्याएर सवस्टेशनमा जोडिएको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुसम्म विस्तार गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending