सङ्खुवासभा । नेपाल विद्युत प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुई जना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिए । उनका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो ।
कुटपिट गरेको आरोपमा मादी नगरपालिका-४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिए । “निजहरु विरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरी लगत्तै उहाँहरु फरार भएकाले खोजी कार्य भइरहेको छ”, उनले भने ।
विद्युत महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट भएको थियो । स्थानीय लिङ्थेपको क्रशर उद्योगले छ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताए । कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ ।
उक्त कार्यालयमा छ जना कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी त्रासमा रहेकाले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ४ गते, २०८२ - २०:३१
तेहरान । हालैको १२ दिने युद्धमा प्रयोग गरिएका भन्दा बढी क्षमताका मिसाइलहरू विकास गरेको घोषणा गर्दै इरानले बुधबार कुनै पनि नयाँ इजरायली आक्रमणका लागि त...
भाद्र ४ गते, २०८२ - २०:१३
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनता नै देशका मालिक भएकाले जनमतको सम्मान गर्नु राजनीतिक दलहरूको प्रमुख द...
भाद्र ४ गते, २०८२ - २०:०३
काठमाडौं । अष्ट्रेलियाले ४६ वर्षअघि खारेज गरेको ‘मृत्यु कर’ (डेथ ट्याक्स) पुनः लागू गर्ने तयारी गरेको छ । विज्ञहरूका अनुसार यो करले देशमा पुस्तागत असम...
भाद्र ४ गते, २०८२ - १९:५३
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदमुक्त गर्ने तयारीसहित सत्तारूढ नेपाली कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन थालेपछि पार्टीभित्रै विरोध चर्कि...
भाद्र ४ गते, २०८२ - १९:४२
प्रचण्डसँग लामिछानेले भने-कांग्रेस र एमालेले सुनियोजित रूपमा फसाए
भाद्र ४ गते, २०८२ - १८:३१
कैलाली । बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै उनी काठ काट्ने औजार लिएर घर बाहिर मादल बनाउन राखिएको काठको घार मिलाउछन् । त्यसपछि तयार भए...
भाद्र ४ गते, २०८२ - १८:२७
कांग्रेस–एमालेले राज्य शक्तिको दुरुपयोग गरे
भाद्र ४ गते, २०८२ - १८:२०
काठमाडौं । प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेको निर्णायक गोलमा रियल म्याड्रिडले स्पेनिस लिगमा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति...
भाद्र ४ गते, २०८२ - १८:१७
काठमाडाैं । नयाँ बानेश्वरस्थित संसद् भवनको व्यवस्थापन गर्दै आएको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिले एकैपटक ८० कर्मचारी हटाएको छ । एकप...
भाद्र ४ गते, २०८२ - १८:१३
जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति दिनु भएको उनको मन्त्रालयले बुधबार पुष्टि गरेको छ । उनले यो योजनालाई ...
प्रतिकृया लेख्नुहोस्: