काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला बिहीबार सम्पन्न भएको छ । कार्यशालामा पार्टीको विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य मान्यता र लिडरसीप एकेडेमी/क्यान्डिडेट क्लब गरी ६ विधामा छलफल गरिएको थियो ।
कार्यशालाले केन्दीय समितिलाई पार्टी सुधारका लाथि विभिन्न सुझाव दिएको छ । जसमा पार्टीको राष्ट्रिय भेला असोजमा गर्ने, राष्ट्रिय महाधिवेशन २०८२ साल वैशाखमा गर्ने, विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समिति मार्फत् राष्ट्रिय भेलामा पेश गर्ने, जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेलामार्फत जिल्ला तदर्थ समिति गठन गर्ने उल्लेख छ ।
यस्तै कार्यशालाले पार्टीको अर्थ राजनीतिक (जलेश्वर) प्रस्तावनाको व्याख्या गरी पार्टीको बाचापत्र लगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने, शासकीय स्वरुपका विषयमा पार्टीभित्र व्यापक छलफल गरी संविधान संशोधन समेतको कुरालाई मध्यनजर राखी पार्टीको अवधारणा तयार गर्ने र देशभर ‘जन आवाज अभियान’ सञ्चालन गर्ने सुझाव दिएको छ ।
कार्यशालाले पार्टीको आचारसंहिता र मुल्य मान्यतामा आधारित दस्तावेजहरु पुनरावलोकन गरी सदस्यहरुबाट प्राप्त सुझावहरु समेत समेटी प्रशिक्षणको सामग्रीमा समावेश गर्ने, पार्टीको केन्द्रीय अर्थ व्यवस्थापन समिति विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’ को अवधारणा लागु गर्ने, देशको गाउँदेखि विदेशका सहरसम्म नेपालीसँग भेटघाट अभियानको सुरुवात गर्ने, स्थानीय छाँया सरकार गठनको अभ्यास थालनी गर्ने र आगामी साता सातै प्रदेशमा बन्द कार्याशाला आयोजना गर्ने लगायत सुझाव दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८२ - २०:५३
काठमाडौं । गृहमन्त्री रमेश लेखकले एउटै मात्रै आर्थिक अनियमितता प्रमाणि गरे राजनीतिबाटै राजीनामा दिने बताएका छन् । शनिबार सचिवालयमार्फत भिडियो सार्व...
जेष्ठ ११ गते, २०८२ - २०:४४
इलाम । पर्यटनको सम्भावना रहेको यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गु...
जेष्ठ ११ गते, २०८२ - २०:३५
काठमाडौं । डोल्पामा यार्सा संकलन गर्न गएका दुई समूहबिच झडप हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । शनिबार दिउँसो डोल्पा जिल्ला ठुली भेरी नगरपा...
जेष्ठ ११ गते, २०८२ - २०:२६
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहे...
जेष्ठ ११ गते, २०८२ - १९:४४
उदयपुर । त्रियुगा नगरपालिकाका जनप्रतिनिधि फोहोरमैला व्यवस्थापनको काम छाडेर पश्चिम नेपालको भ्रमणमा निस्किएका छन् । त्रियुगा नगरपालिकाको गाईघाट बजार क्ष...
जेष्ठ ११ गते, २०८२ - १९:४०
पर्सा । वीरगन्ज महानगरपालिका १७, अलौस्थित सडकखण्डमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपाल...
जेष्ठ ११ गते, २०८२ - १९:३६
काठमाडौं । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ । त्रिभु...
जेष्ठ ११ गते, २०८२ - १९:३१
५८९ जनाकाे मृत्यु, दैनिक २७ वटा विपतका घटना घट्दै
जेष्ठ ११ गते, २०८२ - १९:२२
काठमाडौं । यही जेठ ११ र १२ गते सातवटै प्रदेशमा आयोजना हुने ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ ...
जेष्ठ ११ गते, २०८२ - १९:१८
काठमाडौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीनामा दिएर निष्पक्ष अनुसन्धानमा सघाउन माग गर...
प्रतिकृया लेख्नुहोस्: