Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

खबरडबली संवाददाता

म्याग्दी ।  जिल्लाको मङ्गला गाउँपालिका–२ र्‍यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्‍यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो । 

नेपाल स्वास्थ्यका लागि पानी ९नेवा० संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको साझेदारीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गरेको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले मुहानबाट एक सय ९ मिटर माथि रहेको टङ्कीमा तानेर वितरणको व्यवस्था मिलाएको जानकारी दिए। उनका अनुसार प्रतिसेकेण्ड दुई लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुवन मङ्गला माविमा निजी धारामार्फत वितरण गरिएको हो । 

रु ९२ लाख २४ हजार नौ सय ८७ को लगानीमा र्‍यालेखोर, खुुम्लीया र भाइवाङमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले बताउनुभयो । उहाँले र्‍यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिए । भाइवाङ र खुम्लीयामा पधेराको मुहानको पानी वितरण गरिएको छ । 

“यसअघि चाररपाँच घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो”, आचार्यले भने, “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।” मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका उनको भनाइ छ । घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ । 

नेवाको रु ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको रु २७ लाख अनुदान र उपभोक्ताको रु २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । 

अध्यक्ष आचार्यका अनुसार उपभोक्ताले श्रमदान गर्नुका साथै थप रु तीन लाख ७५ हजार दुई सय १२ नगद सङ्कलन गरिएको थियो । स्थानीय पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्झट र सास्ती हटेको बताए । खानेपानीका साथै नुहाउन, कपडा धुन, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको उनको भनाइ छ । 

नेवाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । खानीगाउँका ३७ घर र एक विद्यालय तथा हिदीका ६४ घरमा निजी धारासहित खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख रुपैंया घुस लिएको आरोपमा मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिक...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अव...

नेप्से चार दशमलव ४५ अङ्कले बढ्यो

काठमाडौँ। यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले ब...

एमालेले समानुपातिकका १६ उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझायो (नामसहित)

काठमाडौँ । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम निर्वाचन आयोग मा बुझाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फबाट...

कांग्रेसले समानुपातिकका २० जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीमा रहेका २० जनाको नाम निर्वाचन आयोग मा बुझाउने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेक...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरअघिदेखि बैठक जारी रहेको छ। मन्त्...

यी हुन् राप्रपाको समानुपातिक ४ जना सांसद

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बन्ने चार जनाको नाम टुंगो लगाएको छ। आइतबार पार्टीको केन्द्...

मध्यपूर्व युद्धमा नयाँ उथलपुथल

पेरिस। मध्यपूर्व युद्धले यसै साता क्षेत्रमा नयाँ उथलपुथल ल्याएको छ । इजरायली सेनाले पश्चिमी इरानमा व्यापक आक्रमण सुरु गरेसँगै यसले अमेरिका-इजरायल युद्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: