कावासोती । नवलपुर माछापालनमा आत्मनिर्भर जिल्लाका रुपमा विकास हुँदै गएको छ । माछाका लागि वातावरण अनुकुल र कमाई पनि राम्रै हुने भएपछि नवलपुरका युवा अरु पेशा छाडेर माछापालनमा लागेका छन् ।
नेपाल मत्स्य केन्द्रले यस जिल्लालाई माछापालनको लागि उत्कृष्ट प्रमाणित गरेपछि अहिले व्यावसायिक माछापालन गर्ने क्षेत्र समेत वर्षेनी बढ्दो रुपमा रहेको छ । नवलपुर मत्स्य व्यवसायिक कृषक समूहका अध्यक्ष इन्द्रमणी भुसालले जिल्लामा माछापालन व्यवसायबाट एक हजार किसानहरु लाभन्वित भएको बताए । उनले भने, “ देवचुली १३ मा विगत १९ वर्षदेखि माछा पालन र्फम दर्तागरि एक विघामा व्यवसायिक माछा पालन गर्दै आएको छु । वार्षिक रुपमा बाह्र लाख आम्दानी हुने गरेको छ । जसमध्ये पाँच लाख बचत हुने गरेको छ ।”
व्यवस्थित तरिकाले माछा पालन गर्ने हो भने एक विघामा १५ देखि २० लाखसम्म आम्दानी गर्न सकिने उनले बताए । यहाँका किसानहरुले अहिले यो पेशालाई आम्दानीको मुख्य श्रोत बनाउन सफल हुनुमा आफ्नो पौरख र परिश्रमलाई मुख्य कर्म ठानेका छन्, भुसालले बताए ।
देवचुली नगरपालिका १३ की निर्मला दाहाल पनि माछापालनबाट सबै खर्च कटाएर वार्षिक १० लाख रुपियाँ आम्दानी गर्न सफल भएको बताउँछिन् । यो व्यवसायबाट राम्रो आम्दानी भएकाले स्वदेशमा नै खुसी भएको बताउँछिन । कावासोती १३ का कृषक कृष्ण पाण्डेले गण्डकी प्रदेशमै अग्रणी जिल्लाका रुपमा रहेको नवलपुरमा कृषकलाई दिने ज्ञान र अनुुदानले किसानहरुलाई थप टेवा भएको बताए । तीन बर्ष अघिसम्म माछापालन गर्ने कृषकहरुले माछा विक्रीको लागि बजारको राम्रो व्यवस्था, प्राविधिक तालिम नहुदा समस्या भएपनि अहिले सबै भएको उनले बताए ।
जिल्लामा पछिल्लो तीन वर्षमा मत्स्य उत्पादनमा वृद्धि भएको छ । मत्स्य पालन व्यवसाय तुलनात्मक रुपमा व्यवस्थापन गर्न सजिलो भएको र कृषकहरुले राम्रो आयआर्जन गरिरहेको हुनाले विगत तीन वर्षमा माछाको उत्पादन बढेको छ । नवलपुरका मत्यविकास अधिकृत सन्दिप लामिछानेले जिल्लामा गत आर्थिक वर्ष २०७८।७९ मा ९३३ मेट्रिक टन, २०७९।८० मा ९६८ मेट्रिक टन माछा उत्पादन भएको थियो । २०८०।०८१ मा ९८१ मेट्रिक टन माछा उत्पादन भएको छ । अहिले १३ मेट्रिक टन माछा उत्पादनमा वृद्धि भएको अधिकृत लामिछानेले बताए ।
आर्थिक वर्ष २०७९। ०८०मा पोखरीको सङ्ख्या एक हजार ५१७ रहेको थियो भने २०८०।०८१ यसमा ५७ पोखरीको सख्या वृद्धि भइ एक हजार ५७४ रहेको छ । मत्स्यकार्प फर्म ,२०७९। ०८० मा २१५, २०८०।०८१ म २७३ वटा फर्म छन् । जिल्लाको विभिन्न स्थानीय तहका पाच मत्स्य समूह र एक सय ३१ कृषकहरुलाइ कुल पच्चीस लाख २८ हजार सिल्भर कार्प तथा रोहु, नैनीका भुरा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले जनाएको छ ।
जिल्लामा नेपाल सरकारले तोकेको सात जातका माछा पालन गरिँदै आएको छ । जसमा रोहु, नैनी, सिल्भर कार्प, कमल कार्प, ग्रास कार्प, विवेक कार्प, भागगोर, वडगासी माछा छन् । नवलपुरको विशेषत कावासोती, देवचुली र मध्यविन्दुको तीन सय हेक्टर क्षेत्रफलमा व्यवसायिक कृषि उत्पादन केन्द्र माछा व्लक कार्यक्रम अन्र्तगत नयाँ पोखरी निमार्ण गरि माछा पालन गरिएको छ । यस्तै, जिल्लाको कूमारवर्ती, कोल्हुवा, अग्यौलि, रजहर, पिठौली, प्रगतिनगर, धौवादी, आसपासका क्षेत्रमा व्यवसायिक रुपमा माछापालन गरिँदै आएको छ । वार्षिक २० करोड भन्दा बढिको माछा विक्री हुने गरेको नवलपुरबाट नारायणगढ ,काठमाडौं, बुटवल, मुख्य बजार रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: