काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जेनजी अभियन्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेता श्रेष्ठले प्रहरीको उक्त कदमलाई गैरलोकतान्त्रिक र दमनकारी भन्दै पक्राउ परेका सबै अभियन्तालाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासीहरू खानाको अभाव र वर्षाका कारण डुबानमा परेर कष्टकर अवस्थामा रहेको खबर सार्वजनिक भएपछि वस्तुस्थिति बुझ्न तथा सहयोगको वातावरण बनाउन जेनजी अभियन्ता माजिद अन्सारी, सस्मिता थापा, नहेन्द्र खड्कालगायत त्यहाँ पुगेका थिए। सोही क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
घटनाप्रति असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठले सरकारलाई पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न र यस्ता दमनकारी तथा गैरलोकतान्त्रिक गतिविधि बन्द गर्न आग्रह गरेका छन्।
उनले सुकुमबासीहरूमाथि भइरहेको अमानवीय व्यवहार तत्काल अन्त्य गरी उनीहरूको समस्याको तत्कालीन राहतसँगै दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।
नेता श्रेष्ठले नागरिकको मानवीय सरोकारका विषयमा आवाज उठाउने अभियन्तामाथि दमन गर्नु लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताविपरीत हुने उल्लेख गर्दै सरकारलाई संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...
आषाढ़ २७ गते, २०८३ - २०:४१
तोकिएकोभन्दा दोब्बरसम्म मूल्य असुलिएको गुनासो, अनुगमन पुग्नुअघि नै सहकारी सञ्चालक सम्पर्कविहीन
आषाढ़ २७ गते, २०८३ - २०:२४
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अ...
आषाढ़ २७ गते, २०८३ - २०:१६
धनुषा । धनुषाको मिथिला नगरपालिका-९ बडहरीस्थित पूर्व-पश्चिम लोकमार्गमा सरकारी गाडी र एम्बुलेन्स ठोक्किँदा ठोक्किँदा ८ जना घाइते भएका छन् । आज बिहान ...
आषाढ़ २७ गते, २०८३ - २०:१२
रौतहट । यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन् । असारको २७ गते बितिसक्दासमेत यस वर्ष र...



प्रतिकृया लेख्नुहोस्: