Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

बंगलादेश अब अर्को पाकिस्तान बन्नेछः शेख हसिनाका छोरा सजीव वाजेद

खबरडबली संवाददाता

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले बंगलादेश अब अर्को पाकिस्तान बन्ने बताएका छन् । सरकारी सेवामा कोटा प्रणालीविरूद्ध देशमा जारी हिंस्रक प्रदर्शन र त्यसपछिको राजनीतिक उथलपुथलपछि उनको यस्तो टिप्पणी आएको हो ।

वियन न्यूजका कूटनीतिक संवाददाता सिद्धान्त सिबलसँगको अन्तवार्तामा उनले देशमा भइरहेको प्रदर्शनबारे चिन्ता व्यक्तसहित यसलाई ‘अल्पसंख्यकहरूमाथिको आक्रमण’ का रूपमा व्याख्या गरे । सरकारविरोधी प्रदर्शनले उग्ररूप लिएपछि सोमबार शेख हसिना पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएकी थिइन् । त्यसकाे दाेस्राे दिन उनका छाेराले यस्ताे प्रतिक्रिया जनाएका हुन् ।

हसिनाका छोरा वाजेदले वियन न्यूजसँगको अन्तवार्तामा भने, ‘उहाँले सबै गरिसकेपछि, सबै विकासपछि, बंगलादेश अब पाकिस्तान हुनेछ ।’ बंगलादेशमा सेनाले अन्तरिम सरकार गठन गर्ने घोषणा सोमबार नै गरिसकेको छ ।

हसिनाका छोराले कसरी अन्तर्राष्ट्रिय समुदाय आफ्नी आमाबारे यस्तो र उस्तो भन्दै आलोचना गर्न व्यस्त थियो भन्नेबारे पनि अन्तवार्तामा बताए ।

हसिना १५ वर्ष बंगलादेशको प्रधानमन्त्री रहिन् । उनी बंगलादेशमा सर्वाधिक साशन गर्ने नेता हुन् । यसले देशमा स्थिरता देखिएको थियो, जसले यस क्षेत्रलाई सबभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रमध्ये एक बनायो ।

प्रस्तुत छ हसिनाका छोरा वाजेदसँग बंगलादेशमा विकसित पछिल्लो सामाजिक र राजनीतिक घटनाक्रमबारे वियन न्यूजका पत्रकार सिबलले लिएको अन्तवार्ताको अनुवाद :

सिद्धान्त सिब्बल :बंगलादेशको विकासलाई कसरी हेर्नुहुन्छ ?
सजीव वाजेद : बंगलादेशको विकास भयानक छ । यसको अराजकता, कानुनको शासन छैन । भीडहरू सडकमा दौडिरहेका छन्, घरहरू, कारखानाहरू तोडफोड गर्दै छन् र मैले सुनेको छु कि उनीहरू अहिले अल्पसंख्यकहरूलाई आक्रमण गरिरहेका छन् । तपाईंलाई थाहा छ, आतंकवादीहरूले अल्पसंख्यकहरूलाई र हिन्दु मन्दिरहरूमा आक्रमण गरिरहेका छन् । त्यसैले बंगलादेश वास्तवमा अराजकताको अवस्थामा छ ।

सिद्धान्त सिबल : त्यसोभए के तपाईंले आफ्नी आमासँग कुरा गर्नुभयो त जो अहिले भारतमा हुनुहुन्छ ?
सजीब वाजेद : हो, मैले आज बिहान उहाँसँग कुरा गरेँ । उहाँ राम्रो मुडमा हुनुहुन्छ तर बंगलादेशका जनतासँग धेरैभन्दा धेरै निराश हुनुहुन्छ । उहाँले सबै गरिसकेपछि, सबै विकासपछि, बंगलादेश अब पाकिस्तान हुनेछ ।

सिद्धान्त सिबल : उहाँलाई कुनै पनि समय चाँडै फर्काउने कुनै योजना ?
सजीब वाजेद : विल्कुल छैन । उहाँ ७७ वर्षकी हुनुभयो । यो उहाँको अन्तिम कार्यकाल हुन लागेको थियो । जसरी पनि उहाँ रिटायर हुन लाग्दै हुनुहुन्थ्यो । त्यसैले उनीहरू अहिले हाम्रा अवामी लिगका नेताहरूलाई निशाना बनाइरहेका छन् र अन्तरिम सरकारले अवामी लिगलाई पनि समावेश गर्दैन, त्यसैले हामीले किन चिन्ता गर्ने ? जनताले आफ्नो रोजाइ गरेका छन् र उनीहरूले योग्य नेतृत्व पाउनेछन् ।

सिद्धान्त सिबल : भविष्यमा राजनीतिमा आउने तपाईंको कुनै योजना ?
सजीव वाजेद : छैन । मेरो परिवारले योसहित तीन पटक कूको सामना गरिसकेको छ, अब हामीलाई पुग्यो । हामी बंगलादेश बचाउन थाकेका छौं । बंगलादेशले अब आफ्नो समस्या आफैं सम्हाल्न सक्छ। । यो सबै हाम्रो समस्या होइन ।

सिद्धान्त सिबल : हामीले शेख मुजिबुर रहमानको भिजुअलहरू पनि देख्यौं मूर्तिहरू तोडफोड भएको, यी घटनाक्रमलाई कसरी हेर्नुहुन्छ ?
सजीव वाजेद : म देख्छु कि बंगलादेशका जनता धेरै कृतघ्न हुँदै छन्, उनीहरू धेरैभन्दा धेरै कृतघ्न छन् र उनीहरूले पाएको नेतृत्वको हकदार छन् । यो उनीहरूको समस्या हो । अब मेरो रहेन ।

सिद्धान्त सिबल : त्यसोभए तपाईंको आवाजबाट तपाईं धेरैभन्दा धेरै निराश हुनुहुन्छ जस्तो छ । आज तपाईंका लागि निकै निराशाजनक दिन देखिन्छ ।
सजीव वाजेद : पक्कै पनि हो । अवश्य पनि यो किनभने मैले आफैंले बंगलादेशलाई आधुनिकीकरण गर्न, डिजिटलाइज गर्न र २१ औं शताब्दीमा ल्याउन मद्दत गरेको छु । मैले बंगलादेश सरकारबाट कुनै पारिश्रमिक नलिई आफैंले धेरै मेहनत गरेको छु । मैले मानार्थ सल्लाहकारको रूपमा काम गरेँ । मैले बंगलादेश सरकारबाट एक पैसा पनि लिएको छैन । र, मैले यो पूरा गरेँ । मैले डिजिटल बंगलादेश बनाएँ, मेरी आमाले देशलाई गरिब देशबाट मध्यम आय भएको देशमा परिणत गर्नुभयो । र, इतिहासका पुस्तकहरूमा शेख हसिनाको कार्यकाललाई बंगलादेशको स्वर्ण युगका रूपमा सधैं स्मरण गरिनेछ किनभने यो त्यसरी नै प्राप्त भइरहेको थियाे र यसपछि सबै ओरालो लाग्नेछ ।

सिद्धान्त सिबल : अन्तर्राष्ट्रिय समुदायलाई केही सन्देश छ ?
सजीव वाजेद : छैन, किनभने अन्तर्राष्ट्रिय समुदाय मेरी आमालाई यस्तोउस्तो भन्दै आलोचना गर्न व्यस्त थियो । त्यसैले अब मजा लिनुहोस्, हेर्नुहोस् । अल्पसंख्यक मारिएको हेर्नुहोस् । तपाईंहरूले चाहेको यही हो । तपाईंहरूले शेख हसिनालाई राम्रो गर्न चाहनुभएन । शेख हसिनाबिना बंगलादेशमा यस्तो हुन्छ ।

सिद्धान्त सिबल : तपाईंलाई बंगलादेशमा अन्तरिम सरकारले कुनै परिवर्तन ल्याउँछ भन्ने विश्वास छ ?
सजीव वाजेद : त्यो त हेर्न बाँकी छ, तर मलाई शंका छ । मेरो मतलब तपाईं आज यसलाई हेर्नुहुन्छ । अहिले पनि देशभर हिंसा भइरहेको छ । के गर्दैछ अन्तरिम सरकार र सेना ? केही छैन, उनीहरूसँग कुनै शक्ति छैन ।

सिद्धान्त सिबल : त्यसो हो भने तपाईंले आफ्नी आमा शेख हसिनासँग कुरा गरिसक्नुभएको छ जो भारतमा हुनुहुन्छ, उहाँको आगामी योजना के छ ? के उहाँ पनि लण्डन जाने योजनामा हुनुहुन्छ ?
सजीव वाजेद : होइन, उहाँको कतै जाने योजना छैन । रिटायर लिएपछि उहाँले कुनै निर्णय गर्नुभएको छैन । उहाँ आफ्नो बाँकी समय आफ्ना नातीनातिनाहरूसँग खेलेर बिताउनुहुनेछ ।

सिद्धान्त सिबल : भारत वा अन्य कुनै तेस्रो देशमा ?
सजीव वाजेद : मेरो सम्पूर्ण परिवार, हामी दशकौंदेखि बंगलादेशबाहिर बस्दै आएका छौं । हामी राम्ररी व्यवस्थित छौं । त्यसैले सायद उहाँ मेरो घर आउनुहुनेछ । मेरी छोरीसँग समय बिताउनुहुनेछ, मेरी दिदीको घर जानुहुनेछ र उहाँका बच्चासँग समय बिताउनुहुनेछ, मेरी काकीकहाँ जानुहुनेछ र नातीनातिनासँग समय बिताउनुहुनेछ । उहाँले गर्ने यिनै हुन् । उहाँ अब असल हजुरआमा बन्नुहुनेछ ।

सिद्धान्त सिब्बल : त्यसोभए मेरो अन्तिम प्रश्न, बंगलादेशका जनतालाई कुनै सन्देश छ ?
सजीव वाजेद : छ, शुभकामना ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending