एजेन्सी । संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजामा चलिरहेको सामूहिक विस्थापनले जनस्वास्थ्यमा गम्भीर असर पारेको जनाएको छ । भीडभाड, उचित बासस्थानको अभाव, दुषित पानी, सरसफाई र स्वच्छताको न्युनताको अवस्थाले सङ्क्रामक रोगहरूको खतरा बढाएको चेतावनी डब्लुएचओले दिएको हो ।
डब्ल्यूएचओका अनुसार अत्यधिक भीडभाड र धेरै जनसङ्ख्या भएका क्षेत्रहरूमा हुने आक्रमणहरूमा सामूहिक हताहतको जोखिम पनि बढिरहेको छ । निरन्तर जारी लडाइँ र स्वास्थ्य प्रणालीको सङ्कुचित क्षमतालाई ध्यानमा राख्दै गाजा बाहिर चिकित्सा सामग्रीको आवश्यकता पर्ने बिरामीहरूको सङ्ख्या बढ्ने प्रक्षेपण गरिएको संयुक्त राष्ट्रसङ्घीय निकायले चेतावनी दिएको छ ।
हाल डब्ल्यूएचओले सम्भावित मार्गमार्फत् बिरामीहरूको सुरक्षित र समयमै स्थानान्तरण सुनिश्चित गर्न गाजाबाट धेरै चिकित्सा सामग्रीको निकासीका लागि कोरिडोरहरू स्थापना गर्न आह्वान गरिरहेको छ । दश महिनादेखि जारी इजरायली कब्जाले गाजापट्टीमा विनाशकारी युद्ध चलिरहेको छ ।
यहाँ अधिकांश बालबालिका र महिलासहित दशाैँ हजार शहीद, घाइते तथा बेपत्ता भएका छन् । युद्धमा स्वास्थ्य र शैक्षिक पूर्वाधारको ठूलो विनाश र खाना, पानी, औषधि र ईन्धन आपूर्तिको असहजताका कारण करिब २० लाख मानिसहरू विस्थापित भए भने खाद्य सङ्कटका कारण कैयौँ बालबालिकाको ज्यान गएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: