Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

लमजुङमा ‘हेल्लो सरकार’मा ७६ गुनासा, प्रशासनकै बढी

खबरडबली संवाददाता

लमजुङ। जनगुनासा सुन्न संघ सरकारले सञ्चालन गरेको ‘हेल्लो सरकार’मा लमजुङबाट ७६ वटा गुनासा दर्ता भएका छन्। जिल्ला भित्रका विभिन्न कार्यालयको सेवाप्रवाहसँग सम्बन्धित गुनासाबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा। भिष्मराज भुसालले जानकारी दिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेल्लो सरकार विभागका अनुसार जिल्लाबाट दर्ता भएका गुनासामध्ये सबैभन्दा बढी जिल्ला प्रशासन कार्यालयको रहेको छ। जिल्ला प्रशासन कार्यालयमा मात्रै ३३ वटा गुनासा दर्ता भएका छन्। बेसीशहर नगरपालिका र मध्यनेपाल नगरपालिकामा ११/११ वटा, सुन्दरबजार नगरपालिकामा ७ वटा गुनासा दर्ता भएका छन्।

त्यसैगरी, दोर्दी गाउँपालिकामा ५, राइनास नगरपालिकामा ४, मालपोत कार्यालय, नापी कार्यालय, पूर्वाधार विकास कार्यालय, विद्युत् वितरण केन्द्र र मर्स्याङ्दी गाउँपालिकामा १र१ वटा गुनासा दर्ता भएको छ।

दर्ता भएका गुनासामध्ये २१ वटा मात्रै समाधान भएको छ। ११ वटा गुनासाको समस्या समाधान प्रक्रियामा रहेको र बाँकी ११ वटा गुनासा हेर्दै नहेरिएको सहसचिव भुसालले बताए।

‘हेल्लो सरकार’ सरकारी निकायहरूको कामकाज र सेवाप्रवाह सम्बन्धी गुनासा तथा उजुरीको आधिकारिक माध्यम हो। नागरिकको समस्या समाधान गर्ने उद्देश्यका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमातहत हेल्लो सरकार सञ्चालनमा ल्याइएको हो।

हेलो सरकारले नागरिकबाट प्राप्त गुनासालाई टिपेर सुधार तथा सम्बोधनका लागि सम्बन्धित निकायमा निर्देशन दिने गर्छ। तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा सेवा सुरु गर्नुभएको थियो।

हेलो सरकारमा फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्सएपलगायतका डिजिटल माध्यमबाट गुनासा लिन सकिन्छ। प्राप्त गुनासाहरू सम्बन्धित निकायलाई पठाई तत्काल सम्बोधन गरिने व्यवस्था भए पनि केही गुनासाहरू प्रभावकारी रूपमा समाधान हुन नसकेको सरोकारवालाहरू बताउँछन्।

गुनासाको प्रकृति हेरी सम्बन्धित निकायमा पठाएर समस्या समाधानमा सहजीकरण गर्ने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासाहरू सिधै सम्बोधन गर्ने व्यवस्था पनि गरिएको सहसचिव भुसालले जानकारी दिए।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लमजुङ सदरमुकाम बेसीशहरमा संघीयता सबलीकरण, विभिन्न तहका सरकारको भूमिका, कार्य र वित्तीय सम्बन्धमा देखिएका समस्या तथा हेलो सरकारमा आएका गुनासासम्बन्धी अन्तरक्रिया गरेको थियो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपामा ‘नो भोट’को प्रावधान राख्नुपर्ने सागर ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले पार्टी पदाधिकारीको निर्वाचनमा ‘नो भोट’ को प्रावधान राख्नुपर्ने बताएका छन्। चितवन...

उचित विकल्प नदेखाए पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने सुकुमवासीहरुको चेतावनी

काठमाडौं । स्थायी व्यवस्थापनको विकल्प नदिई सरकारले राहतका नाममा २५ हजार रुपैयाँ मात्र दिएर होल्डिङ सेन्टरबाट जबरजस्ती हटाउन खोजेको भन्दै सुकुमवासीहरू ...

रास्वपा महाधिवेशन: यी ६ पदाधिकारीका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य मतदान सम्पन्न गरेको छ। चितवनको भरतपुरमा जारी महाधिवेश...

दस हजार भायल एन्टी–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार...

कक्षा १२ नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले नतिजा प्...

रास्वपा महाधिवेशनमा मतदान घट्यो, झण्डै ३ हजारले मात्र गरे मतदान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत पहिलो चरणको केन्द्रीय सदस्य निर्वाचनमा सहभागी प्रतिनिधिमध्ये भोट हाल्ने संख्या ३ हजा...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, नतिजा केहीबेरमा आउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ। आज बिहानबाट सुरु भएको मतदान केहीबेरअघि सकिएको ह...

भेनेजुएलामा शक्तिशाली भूकम्प, कम्तीमा ३२ जनाको मृत्यु

काठमाडौं । भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका दुई शक्तिशाली भूकम्पका कारण कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन्। खोज तथ...

कैलालीमा ग्रिनेड विस्फोट हुँदा घाइते भएका एक नेपाली सेनाको मृत्यु, सहसेनानी घाइते

धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। मोहन्याल गाउँ...

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending