Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

डेडिकेटेड र ट्रंकलाइन विवाद: विद्युत् प्राधिकरणले लेखा समितिलाई बुझायो टिओडी मिटरको प्रमाण

खबरडबली संवाददाता

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको वेला डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरूमा आपूर्ति गरेको बिजुलीको टिओडी मिटरको डाटासहितको प्रमाण सार्वजनिक लेखा समितिलाई बुझाएको छ । 

टिओडी मिटरको डाटा, विभिन्न समितिको अध्ययन प्रतिवेदन, विभिन्न अदालतको फैसलालगायतका विवरण प्राधिकरणले समितिमा बुझाएको हो । समितिका सचिव एकराम गिरीले प्राधिकरणबाट बिभिन्न कागजपत्र प्राप्त भएको बताए । त्यसमा अब समितिले अध्ययन गर्ने उनको भनाइ छ ।

३० पोकामा रहेको उक्त विवरण झन्डै ७० हजार पेजको हाराहारीमा रहेको छ । गत शुक्रबार लेखा समितिले प्राधिकरणलाई टिओडी मिटरको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको थियो । त्यसको लिखित पत्र भने गत सोमबार प्राधिकरणमा पुगेको थियो । त्यसपछि प्राधिकरणले बिहीबार लेखा समितिमा प्रमाण पेस गरेको हो । लोडसेडिङको वेला नियमित महसुलमा प्रिमियम थप गरेर उद्योगहरूमा २४ घण्टासम्म विद्युत् सप्लाई गरिएको थियो । त्यसको प्रिमियम महसुल अहिले विवादमा छ । 

यस विषयमा सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको छ । यद्यपि, तीन वर्षअघि २२ चैत ०७७ मा लेखा समितिले नै उक्त बक्यौता उठाउन सरकारलाई निर्देशन दिएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लेखा समितिलाई पठाएको पत्रमा भनिएको छ, ‘महसुल बक्यौता रहेका उपरोक्त ५३ वटा ट्रंकलाइन उपभोक्तामध्ये बुटवल सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील र सम्राट सिमेन्टले केही महिना डेडिकेटेड दरले विद्युत् महसुल भुक्तानी गरे पश्चात् अन्य ट्रेड डेडिकेटेड लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्ताले विद्युत् महसुल नबुझाएको कारण यी उद्योगहरूले पनि साधारण दरले मात्र विद्युत् महसुल भुक्तानी गरेको अवस्था रहेको छ ।’

यस्तै कार्यकारी निर्देशक घिसिङले डेटिकेटेड तथा ट्रंकलाइन सम्बन्धी लामो समयदेखि विवाद भएकाले विद्युत् महसुल असुल हुने व्यवस्था मिलाई सहयोग गरिदिन समितिलाई आग्रह गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: