Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८२ सोमबार | 19th May, 2025 Mon
Investment bank

कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री

खबरडबली संवाददाता

वालिङ । जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा रु ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ । वालिङ नगरपालिका–१ त्रियासीमा रहेको सहकारीले गत आर्थिक वर्ष २०८०–८१ मा रु ६७ लाख २५ हजार दुई सय ९९ सागसब्जी बिक्री गरेको हो । 

सहकारीमा आबद्ध भएका कृषक शेयर सदस्यहरुले आ–आफ्नो खेतबारीमा उत्पादन भएका सागसब्जी सहकारीले सङ्कलन गरी बिक्री गर्दै आएको सहकारीका अध्यक्ष अर्जुनप्रकाश अर्यालले बताए । “यहाँका कृषकले ठूलो परिमाणमा विभिन्न प्रजातिका सागसब्जी र फलफूल उत्पादन गरी सहकारीमा ल्याउनुहुन्छ”, उनले भने, “सहकारीले स्थानीय बजारका साथै पोखरा, बुटवल, काठमाडौं लगेर बिक्री गर्न समन्वय गरिरहेको छ ।”

कृषकले उत्पादन गरेका सागसब्जीलाई बजार समस्या नरहेको बताउँदै अध्यक्ष अर्यालले उत्पादित सागसब्जी र फलफूलहरु सहकारीको सङ्कलन केन्द्रमा राखेर बिक्री गर्दै आएको जानकारी दिए । “कृषकबाट सङ्कलन गरिएका कृषि उपज केन्द्रमा सङ्कलन गरी राख्छौँ । स्थानीय व्यापारी यहाँ आएर खरिद गरेर लैजानुहुन्छ”, उनले भने, “ठूलो परिमाणमा उत्पादन हुँदा सहकारीको सवारीसाधनमार्फत स्याङ्जा, बुटवल, पोखरालगायत सहरका बजारमा लगेर बिक्री गर्दै आएका छौँ ।”

कृषकले केन्द्रमा सागसब्जी, फलफूल तथा अन्य कृषि उपज ल्याएपछि सोको विवरण सहकारीका कर्मचारीले लिने गरेका बताउँदै अध्यक्ष अर्यालले बिक्रीपछि आम्दानी सहकारीमा रहेको कृषकको खातामा राखिदिने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार सहकारीले कृषि उपजको परिमाणका आधारमा प्रतिकिलो रु तीन खर्च कटाउँदै आएको छ ।

कटौती गरिएको रकमबाट कृषकलाई आयमूलक सीप विकासका लागि विभिन्न तालिम, गोष्ठी तथा अवलोकन भ्रमण गराउने, सहकारीको कार्यक्षेत्रभित्र सिँचाइ, कृषि सडक विस्तार र स्तरोन्नति गर्ने, साना कृषकको आर्थिक तथा सामाजिक स्थितिमा सुधार ल्याउने कार्यमा प्रयोग गरिँदै आइएको सहकारीका अध्यक्ष अर्यालले उल्लेख गरे । 

“सहकारीमार्फत कृषकहरुलाई आवश्यक पर्ने सेवा सुविधा उपलब्ध गराउने सरोकार भएका निकायसँग सम्पर्क गराउँदै व्यावसायिक क्षमता विकासमा सहयोग पुर्याउँदै आएका छौँ”, उनले भने, “कृषकलाई समूहमा आबद्ध गराइ सरल, सुलभ र प्रभावकारी ढङ्गले कृषि कर्जा वितरण गरिरहेका छौँ ।”

उत्पादित सागसब्जीको बिक्रीमा बजारको समस्या नभएको यहाँका अगुवा कृषक लीलाबल्लभ काफ्लेले बताए । गत आवमा रु तीन लाख बढीको सागसब्जी सहकारीमा बिक्री गरेको उनले जानकारी दिए । “चौध रोपनी क्षेत्रफलमा गोलभेँडा, काक्रा, बोडी, बोडा, घिरौँला, करेला, बन्दा, काउली उत्पादन गरी बिक्री गर्दै आइरहेको छु”, उनले भने, “घरबाटै बिक्री गर्नेभन्दा सहकारीमार्फत गर्दा सहज हुनाका साथै एकैमुस्ट रकम प्राप्त हुन्छ ।”

उत्पादित कृषि उपज सहकारीमा लगेर तौलेर छोडेपछि बजार मूल्यका आधारमा सहकारीमा रहेको आफ्नो खातामा रकम आउने काफ्लेले उल्लेख गरे । “हामीले सहकारीमा लगेर छोडेको सागसब्जी तथा फलफूल सहकारीले बिक्री गर्छ”, उनले भने, “बिक्री गरेर आएको रकम खातामा जम्मा हुन्छ, जहिले आवश्यक पर्छ सोही बेला निकाल्न सकिन्छ ।”

वालिङ–१ त्रियासीका ६० वर्षीय भूमिनन्द रेग्मीले २४ वर्षदेखि व्यवसायिक रुपमा सागसब्जी र फलफूल उत्पादन गर्दै आएका छन् । उनले पनि सहकारीमार्फत बिक्री गरी पुरस्कृतसमेत भएको बताए । “सहकारीमा सबैभन्दा बढी कृषि उपज सङ्कलन गरेर पुरस्कृत हुँदै आएको छु”, कृषक रेग्मीले भने, “सागसब्जी र फलफूल खेतीबाट वार्षिक रु तीन लाअ बढी आम्दानी हुन्छ । छ रोपनी क्षेत्रफलमा मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन गर्दै आइरहेको छु ।” उनले गत आवमा रु तीन लाख मूल्य बराबरको साजगब्जी र तरकारी बिक्री गरेको जानकारी दिए ।

सहकारीले प्रत्येक वर्ष धेरै परिमाणमा कृषि उपज सङ्कलन गराउने कृषकलाई पुरस्कृत गर्दै आइरहेको जनाएको छ । उत्पादित सागसब्जी र फलफूल आइतबार, मङ्गलबार र बिहीबार केन्द्रमा सङ्कलन गरी बिक्री गर्दै आइएको सहकारीका प्रबन्धक सगुन खाँणले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भए...

सुँगुरको खोरमा थुनेर कुटपिट गरेकाे आराेपमा पाँच जना पक्राउ

सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित पर्सा गाउँपालिका ५ मा सुँगुरको खोरभित्र थुनेर कुटपिट गरेको घटनाको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । ...

सिएम पुरुषोत्तमलाई बुद्धिचाल उपाधि

काठमाडौं । प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले जितेका छन् । उभौली पर्वको अवसरमा आयोजित प्रतियोगितामा पुरुषोत्तमल...

वराहक्षेत्रमा स्वाइन फिभरको संक्रमण बढ्दै

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ खारखोलामा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण ३१ ओटा बङ्गुर मरेका छन् । खारखोलाका किसानको र्फममा दे...

माओवादीकाे ध्यान सरकार ढाल्नेतिर छैन: अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं  पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर...

उदयपुरमा इभी सवारी दुर्घटना हुँदा ११ जना घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी खण्डमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था...

मदन–आश्रितको सालिक बनाउन ढुंगा हस्तान्तरण

उदयपुर । जननेता मदन भण्डारी र जीवराज आश्रितको सालिक बनाउन इटहरी मेट्रिक्स (कला संस्कृतिक केन्द्र) लाई ढुंगा हस्तान्तरण गरिएको छ ।  एमाले जिल्ला कमि...

हुन्डीको २० लाखसहित सिन्धुपाल्चोकका युवक न्युरोडमा पक्राउ

काठमाडाैं । हुन्डी कारोबारको आरोपमा एक युवक न्युरोडमा पक्राउ परेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे- ४ घर भएका २४ वर्षीय संजय बस्नेतलाई प्रहरीले २० ...

गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा जारी द्वन्द्व अन्त्य गर्ने सम्झौताका लागि शर्त तय गर्ने गरी हमाससँग सम्झौता गर्न इजरायल ...

काठमाडौंमा जुवातास खेलिरहेका १७ जना पक्राउ

काठमाडाैं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंका दुई स्थानबाट १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका– ८, जयबागेश्वरीबाट सातजना र क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending