Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

अमेरिकी राष्ट्रपति बाइडेनको ‘गाजा युद्धविराम योजना’ हमासको नयाँ अडान

खबरडबली संवाददाता

एजेन्सी । हमासले गाजाको तर्फबाट वार्तामा सहभागी मध्यस्थकर्तालाई अरू थप वार्ता गर्नुको सट्टा अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्तुत गरेको युद्धविराम योजना कार्यान्वयनमा अडान राख्न माग गरेको छ । 

इजरायली सैन्य कारबाहीका कारण असुरक्षित प्यालेस्टिनीहरू सुरक्षाका लागि एक पछि अर्को स्थानमा भागिरहनुपरेको पीडाबीच हमासको यो भनाइ आएको हो । गाजामा इजरायली आक्रमण जारी रहँदा र इरानसम्बद्ध नेताको हत्याले द्वन्द्वको डर उत्पन्न गरेपछि अन्तर्राष्ट्रिय मध्यस्थकर्ताले इजरायल र हमासलाई युद्धविराम र बन्धक मुक्ति सम्झौताको लागि वार्ता पुन ः सुरु गर्न आह्वान गरेका हुन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राजनीतिक लाभका लागि युद्ध लामो बनाएको आरोप लागिरहेका समय इजरायली वार्ता टोलीले अमेरिका, कतार र इजिप्टले बिहीबारको लागि दिइएको वार्ताको निमन्त्रणा स्वीकार गरेको छ । 

यसैबीच, अमेरिकी राष्ट्रपति बाइडेनले गत मे ३१ मा तयार गरेको र पछि राष्ट्रसङघीय सुरक्षा परिषद्बाट अनुमोदित युद्धविराम योजनाको कार्यान्वयनको पक्षमा आफ्नो समूह रहेको दाबी हमासले आइतबार गरेको छ । 

बाइडेनले तीन चरणको ‘स्थायी युद्धविराम तथा सबै बन्धकको रिहाइको रोडम्याप’ लाई इजरायली प्रस्तावको युद्धविराम योजनाका रूपमा प्रस्तुत गरेका थिए । यद्यपि, त्यसपछि मध्यस्थताका लागि भएका प्रयासहरू सफल हुन सकेका थिएनन् ।

दक्षिणी गाजाको मुख्य सहर खान युनिसलाई निरन्तरको बमबारी र लडाइँले ध्वस्त पारेको छ भने इजरायलको गाजाको अल जलाला क्षेत्र छोड्न आदेश जारी गरेपछि सयौं गाजाबासी प्यालेस्टिनीहरू उत्तरी छिमेकबाट भागेका छन् । हमासले गत मङ्गलबार आफ्ना गाजा प्रमुख याह्या सिनवारलाई जुलाई ३१ मा इरानमा मारिएका हमासका राजनीतिक नेता इस्माइल हानियाको जिम्मेवारी तोकेको छ । हानियाको हत्यापूर्व बेरूतमा भएको हवाई आक्रमणमा हेजबुल्लाहका सैन्य प्रमुख फाउद सुकरको मृत्यु भएको थियो । यसले मध्यपूर्वमा इजरायलविरोधी भावनालाई थप मलजल दिएको र मध्यपूर्वमा थप तनाव बढ्ने अड्कलबाजीहरू गरिएका थिए ।

वस्ती खाली गर्न दिइएका यस्ता आदेशपछि बढ्ने सैन्य आक्रमणको भयले प्यालेस्टिनीलाई धेरै पटक विस्थापित हुन बाध्य पारेको छ । बाइडेनको युद्धविराम योजनाको पहिलो चरणमा छ हप्तासम्म पूर्ण युद्धविराम गर्ने योजना समावेश छ, यस चरणमामा इजरायली सेना गाजाको आवासिय क्षेत्रबाट फिर्ता गर्ने र इजरायलले प्यालेस्टिनी कैदीको बदलामा केही बन्धकहरूलाई रिहा गर्ने उल्लेख छ । 

दोस्रो चरणमा युद्धरत पक्षहरूबीच युद्धको स्थायी अन्त्य गर्दै जीवित बन्धकलाई रिहा गर्ने रहेको छ भने तेस्रोमा गाजा क्षेत्रको प्रमुख पुनर्निर्माण योजना र मृत बन्धकहरूको अवशेष फिर्ता गर्ने उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: