धादिङ । मध्य पहाडी लोक मार्गको धादिङ खण्डमा पर्ने त्रिपुरा सुन्दरी गाउँपालिका स्थित खहरेको आँखु खोलामा नौ वर्ष पछि बेलिब्रिज सञ्चालनमा ल्याइएको छ ।
२०७२ सालदेखि सो स्थानमा पक्की मोटरेवल पुल निर्माण सुरु गरेको भएपनि निर्माण कार्य पुरा नभए पछि अहिले सडक विभाग अन्तरगतको मध्य पहाडी लोक मार्ग आयोजनाले बेलीब्रिज जडान गरी सञ्चालन सुरु गरिएको हो । बेली ब्रिज सञ्चालनमा आएसँगै उत्तरी धादिङका विभिन्न स्थानहरूसम्म आवत जावतमा समेत निकै सहज हुने भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताएको छन ।
त्रिपुरा सुन्दरी गाउँपालिकाको खहरे बजार र अचनेटार जोड्न आँखु खोलामा बेलीब्रिज जडान भएसँगै अब मध्य पहाडी लोक मार्ग हुदै सवारीका साधनहरू उत्तरी धादिङका विभिन्न गाउँहरूमा पुग्न सहज भएको अध्यक्ष उप्रेतीको भनाइ छ ।
निर्माण सुरु भएको नौ वर्ष पछि पक्की पुल नभए पनि मोटरेवल वेलीब्रज जडान भई सञ्चालन सुरु भएसङै सो क्षेत्रका स्थानीयमा खुसीको सीमा नै छैन। पुल निर्माण भएको त्रिपुरासुन्दरी ७ का वडा अध्यक्ष सुभास अधिकारीले पुल निर्माणले यस क्षेत्रका मानिसको आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने बताए। पुल नहुँदा सो क्षेत्रका स्थानीयलाई आँखु खोला वारपार गर्नका लागी जीर्ण झोलुङ्गे पुलको प्रयोग गर्नु पर्ने बाध्यता थियो ।
सडक सुविधा भए पनि अचनेटार,लपाङ्गल र उत्तरी धादिङका गाउँका स्थानमा सवारीका साधनहरू आँखु खोला तरेर आवत जावत गर्न नसक्दा यहाँका स्थानीयले बोकेर बजारबाट दैनिक उपभोग्य सरसामान ल्याउनु पर्ने बाध्यता थियो, अव भने सो समस्या पनि समाधान हुने भएको छ ।
पुल सञ्चालनमा आए सगै स्थानीय बालबालिकाहरूलाई विद्यालय आउन जान समेत सजिलो भएको छ । यसका साथै धादिङमा उत्पादित कृषि र पशु जन्य उत्पादन विक्रीका लागी बजार ल्याउन पनि पुलले सजिलो भएको छ । सो पुलले मध्य पहाडी लोक मार्ग हुँदै उत्तरी धादिङबाट नुवाकोट हुदैँ राजधानी काठमाण्डौँसम्म जानका लागि पनि निकै सजिलो हुने स्थानीय दीपक सिटौला बताउछन ।
आँखु खोलामा ६१ मिटर लम्बाइको बेलिब्रिज जडानका लागी मध्य पहाडी लोक मार्ग आयोजनाले ६ करोड रकम खर्चेको हो । सो बेलिब्रिज जडान लागी सडक विभाग अन्तरगतको सो आयोजनाले जलप नेपाल निर्माण सेवालाई जिम्मा दिइएको हो । पुल ८८ दिनमा जडान गरी सम्पन्न गरेको हो । ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: