Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

त्रिशूलीमा बेपत्ताका आफन्तलाई राहतका लागि कागजात पेस गर्न प्रशासनको अनुरोध

खबरडबली संवाददाता

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल पहिरामा परेर हराइरहेको एञ्जल डिलक्स बसमा सवार मृतक तथा बेपत्ताका परिवारलाई राहतका लागि आवश्यक कागजात पेस गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ। 

जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाका चार वटा स्थानीय तहलाई आफ्नो पालिकाका मृतक र बेपत्ता भएका परिवारलाई राहत रकमको लागि आवश्यक कागजातसहित सिफारिस गर्नसमेत अनुरोध गरेको हो।

विसं २०८१ असार ३१ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले बाढीपहिरो जस्ता विपद्जन्य घटनाका कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पार्न नसकेको यकिन भएमा विपद्‍बाट पीडित व्यक्तिका परिवारलाई मृतक सरह राहत उपलब्ध गराउने निर्णय गरेको थियो। 

सोही निर्णयअनुसार आवश्यक प्रक्रियाअघि बढाएको कार्यालयले जनाएको छ।

एञ्जल बसमा पर्सा जिल्लाका चार पालिकाका १० जना परेका थिए। जसमा वीरगञ्ज महानगरपालिका, बहुदरमाई, पर्सागढी नगरपालिका र सखुवा प्रसौनी गाउँपालिका रहेका छन्।  

एञ्जल बसमा पर्सा जिल्लाबाट सुजितकुमार साह, ओमहरि यादव, रैफुल आलम, जवाहीर महतो, हरिन्द्र पण्डित, हृदयनारायण राउत, भगवती देवी, चन्द्रप्रभाकुमारी चौधरी, सलिम मियाँ, सैनफ खातुनसहित १० जना रहेका थिए।

जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडाले  मृतक तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम लिन चारवटै पालिकालाई आवश्यक कागजातसहित सिफारिस गर्न अनुरोध गरिएको जानकारी दिए।

कार्यालयले राहतका लागि मृतक तथा बेपत्ता व्यक्तिको परिवारका तर्फबाट निवेदन, सम्बन्धित वडा कार्यालयको किटानी सिफारिस आवश्यक पर्ने जनाएको छ। यस्तै गरी मृतकको नागरिकता र मृत्यु दर्ताको प्रमाणपत्रको छायाप्रति, मृतकसँगको नाता प्रमाणित र नाम थर फरक परेकामा सो को किटानी वडा सिफारिसको कागजात आवश्यक पर्नेछ। 

यस्तै, राहत बुझ्ने मृतकको नजिकका हकदारको नागरिकताको प्रतिलिपि, निजको चेकबुक, स्थायी लेखा नम्बरको प्रतिलिपि र घटनास्थल प्रहरी सर्जमिन मुचुल्का तथा प्रहरी प्रतिवेदन पनि चाहिने छ। 

नजिकको हकदार भन्नाले क्रमशः मृतकको पति वा पत्नी, छोरा वा छोरी, बुवा वा आमा, दाई वा भाईलाई जनाउने पनि कार्यालयले स्पष्ट पारेको छ। 

वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल डिलक्स बसमा चालकसहित १७ नेपाली र आठ भारतीय नागरिक सवार रहेका थिए। सो बस गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै भेलबाढीले बगाएर त्रिशूलीमा हराइरहेको छ। हराइरहेका २४ व्यक्तिको शव भेटिए पनि ३८ जना अझै बेपत्ता छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अमेरिकी डलर र दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलर, युरो र पाउन्डको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारको विनिमयदर घटेको...

तापक्रम माइनस २० डिग्रीभन्दा पनि तल झरेपछि मुस्ताङमा विकास निर्माणका काम ठप्प

मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माणका काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थ...

कांग्रेस विवाद : वार्ता गर्न गगन–विश्वले बनाए चार सदस्यीय समिति

काठमाडौं । विभाजनको संघारमा पुगेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन वार्ता समिति गठन भएको छ। विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र ...

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending