Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

लुम्बिनी प्रादेशिक अस्पताल मेसुबिहीन

खबरडबली संवाददाता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल मेडिकल सुपरिटेण्डेन्टबिहीन हुँदा दैनिक कामकारबाहीमामा असर परेको छ । करिब ११० वर्ष पुरानो अस्पतालले दैनिक हजारौं बिरामीलाई सेवा दिँदै आएको छ ।आठ सयभन्दा बढी कर्मचारी रहेको अस्पताल अहिले नेतृत्वबिहीन हुँदा आर्थिक तथा प्रशासनिक कामका साथै सेवा प्रवाहमा असर पर्न थालेको छ ।

प्रदेशको १२ वटा जिल्लालाई प्रतिनिधित्व गरेको अस्पताल राजनीतिबाट अछुतो रहन सकेन । यो जनताको जनसरोकारसँग गाँसिएको विषय हो । केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म राजनीतिले सबै क्षेत्र गिजोलिएकोमा त्यसबाट स्वास्थ्य क्षेत्र पनि अछुतो रहन सकेको छैन ।

अस्पतालमा यही जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निणर्यबाट १०औं तहका डा. इन्द्र  ढकाललाई मेसु नियुक्त गर्‍यो । अस्पतालमै कार्यरत अर्का डा. विष्णु गौतमले आफू ११औं तहको हुँदाहुँदै १०औं तहकोलाई मेसु नियुक्त गरिएको भन्दै सर्वोच्च पुगे । सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म मेसुको काम कारबाहीमा रोक लगाउँदै यथास्थितिमा राख्न भनेको छ ।

सर्वोच्चले गरेको निर्णयले जनाताको स्वास्थ्य, पाउनुपर्ने सेवा सुविधा प्रभावित भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले बताए । स्वास्थ्य जस्तो संवेदनशिल विषयमा एउटा सकारले गरेको निर्णयलाई अर्को सरकारले मिच्दै जाँदा न्यायसंगत नभएको पनि अध्यक्ष श्रेष्ठको भनाई छ ।

अध्यक्ष भन्छन्, 'व्यवस्थापन समितिलाई राम्रोसँग चलायमान गराउने हो भने उहाँहरूको कार्यकाल पूरा गर्न दिनुपर्छ। जनतासँग जोडिएको संवेदनशील विषयमा खेलवाड नगर्न मेरो आग्रह छ ।' यसैगरी तत्काल दैनिक काम नरोक्नेगरी मन्त्रीस्तरीय निणर्यबाट मन्त्रालयका स्वास्थ्य निर्देशक डा. विनोद गिरीलाई थप जिम्मेवारी दिइएको छ ।

अस्पतालमा संघ सरकारले पनि ठूलो लगानी गरेको छ । अर्बौको परियोजना सञ्चालनमा रहेको छ । डा. गिरी भन्छन्, ‘अस्पताल अहिले साँघुरो अवस्थामा छ । अस्पतालको नयाँ भवन निर्माण गर्ने क्रममा छौं । पुरानै भवनबाट सेवा दिँदैगर्दा बढी नै घुइचो देखिरहेको छ । त्यसको तत्काल हामी समाधान देख्दैनौं ।’

बिरामीको चाँप राम्रो कामको परिणाम भएको उनको भनाइ छ । बिहान ७ बजेदेखि बेलुकी ५–६ बजे सम्म अस्पतालका डाक्टर बिरामीलाई सेवा दिन तल्लिन हुने गरेको उनले बताए। अस्पताललाई थप राम्रो बनाउँदै लगिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: