काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धी र बहुदलीय व्यवस्था नेपालीको रोजाइको व्यवस्था भएको बताएका छन ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई आफ्नो जीवन पद्धति मानेर सरकार र जनता चल्ने प्रणालीको अभ्यास नेपालले गरिरहेको बताएका हुन ।
उनले सरकार लोकतन्त्रका मूल्य मान्यता, देश र जनता प्रति समर्पित भएर सुशासनका निम्ति निरन्तर लागिरहने बताए । ‘संविधानको रक्षा र परिपालनमा सरकारका तर्फबाट कुनै कमी कमजोरी हँदैन’, उनले भने ।
कसैको पनि लोकतन्त्र प्रति मतमतान्तर नभएकोसमेत बताउँदै प्रधानमन्त्रीले त्यही हिसाबले देश अघि बढ्ने बताए ।
अहिले लोकतन्त्रका विरुद्धमा केही प्रवृत्ति देखिएको बताउँदै ओलीले गन्तव्य के हो भन्ने स्पष्ट दृष्टिकोण नभएकाहरू यसको विरुद्ध लागेका बताए । ुसामाजिक, नैतिकता र इमानको बन्धनको बेवास्ता गरेर चल्ने प्रवृत्ति देखिएको बताउँदै उनले यसबाट देशलाई मुक्त बनाउनु पर्ने बताए। ‘समाजलाई विभिन्न ढङ्गले भड्काउन खोजिएको छ’, उनले भने ।
केही कमजोरीलाई देखाएर समाजलाई भड्काउने प्रयास भएको भन्दै उहाँले सरकार यस मामलामा सजग भएको बताए । बलिदान र संघर्षले यो व्यवस्था प्राप्त भएकोले यसलाई ख्याल ख्याल नगर्न ओलीले चेतावनी दिए । ‘धेरै जनताको रगत बगेको छ, एक जना, दुई जनाको होइन, धेरैको जीवन गएको छ’, ओलीले भने ।
अन्य शक्ति केही समयको लागि देखिन सक्ने भए पनि तिनीहरू दिगो नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘दिगो भनेको लोकतन्त्र मात्रै हो, टिकाउ भनेको लोकतन्त्र मात्रै हो’, ओलीले भने ।
संविधान संशोधन प्रतिगमनको लागि हुन्छ भन्ने कुरा सोच्न पनि नसकिने ओलीले बताउँदै लोकतान्त्रिक शासन प्रणाली मिचेर जाने ठाउँ काहीँ पनि नभएको उनले जनाए । तानाशाहका विरुद्ध आफूहरू लडेर आएकोले सुशासन र विकासका काम, लोकतन्त्र र समावेशितालाई अझ प्रभाकारी बनाउन संविधान संशोधन गर्न सकिने उनले बताए । संविधान देश, जनता, सुशासन र समृद्धिका लागि चाहिएकोले त्यही अनुरूप संविधान संशोधन हुने उनले बताए । ‘संविधान असंशोधनधनिय दस्ताबेज होइन, संशोधनीय दस्ताबेज हो’, ओलीले भने ।
संविधानको सर्वस्विकार्यतालाई ध्यानमा राखेर संविधान संशोधन गर्न सकिने उनले बताए । संविधान संशोधन व्यापक छलफल गरेर मात्र गरिने ओलीले प्रष्ट पारे । संविधान प्रति सबैलाई माया भएको सबैले मिलेर परिमार्जन र संशोधन गर्ने ओलीले बताए ।
समाजमा सामाजिक मूल्य मान्यताकै बर्खिलाप हुने गरी केही ट्रेन चलेकाले त्यसलाई रोक्नु पर्ने ओलीले बताए । समाजलाई गाइड गर्नुपर्ने सांसदहरूले नै सामाजिक मूल्य मान्यता विपरीत बोल्ने र व्यवहार गर्ने हो भने समाजमा भएका गतिविधि विरुद्ध बोल्ने ठाउँ नहुने ओलीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: