Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

दुर्गन्ध हटाउन उपत्यकाका नदीको बहाव बढाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

काठमाडौँ। उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका बाग्मती, विष्णुमती लगायतका नदीहरुमा पानीको बहाव वृद्धि गर्नेबारे विज्ञसँग छलफल गरेको छन्। 

उपप्रधानमन्त्री सिंहले बुधबार मन्त्रालयमा विज्ञसँग छलफल गर्दै उपत्यकाका नदीहरुमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिएको हो। सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीलाई पुनर्जीवन दिने, काठमाडौं उपत्यकालाई स्वच्छ र सफा  राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल तीव्र पारेको छन्। 

‘नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिइरहेको छ। पानी बगाइरहँदा केही कम हुन्छ कि भनेर केही  स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ भनेर सोचिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने । 

मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरीजलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञसँग राय लिइएको बताए। 

पूर्व मन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञसँग छलफल सुरु गर्नु सकारात्मक रहेको बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्वतबाट १६ सय ८४ विद्यार्थी सहभागी हुँदै यस वर्षको एसइईमा

पर्वत। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुने...

बजारमा सुन बढ्यो, चाँदी घट्यो

काठमाडौं। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन प्रतितोला १०० रुपैयाँले बढेर ३ ...

संसदीय राजनीतिबाट सन्यास लिने सीके राउतको घोषणा, संघर्षको राजनीति जारी राख्ने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी का अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तर उनले राजनीतिक संघर्ष भने निरन्तर जारी र...

बागलुङबाट तीन महिला समानुपातिक सांसद

गलकोट। प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी ...

बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात

बाजुरा। बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो। जिल्लाका हिमाली, स्वामिकार्तिक खापर,...

बिहे भोजमा रसबरी घाँटीमा अड्किँदा युवकको मृत्यु

नयाँ दिल्ली । भारतको झारखण्ड राज्यस्थित जमशेदपुरमा आयोजित एक वैवाहिक समारोह अचानक शोकमा परिणत भएको छ। बिहेको भोजका क्रममा रसबरी खाने क्रममा एक युवकको ...

तीन महिनापछि पोखरा–जोमसोम उडान सुरु

मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यू...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

काठमाडौं । ड्रोन आक्रमणपछि आगलागी भएको कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्ष...

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको...

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

सप्तरी। हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: