Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

बङ्गलादेशमा बेपत्ता वकिलको रिहाइ र अनुभव

खबरडबली संवाददाता

ढाका । आँखामा पट्टी बाँधेर, हतकडी लगाएर गोप्य जेलमा राखिएका बङ्गलादेशी वकिल अहमद बिन कासेमले आठ बर्षपछि जेलबाट बाहिर ल्याइएको महशुस गरे । 

उनले बङ्लादेशमा भएको परिवर्तनबारे कुनै जानकारी पाएका थिएनन । त्यसैले उनले आफूलाई हत्या गर्न बाहिर निकालिएको बुझेका थिए । यद्यपि, उनले जेलबाट निस्किएपछि आठ वर्षमा पहिलोपटक स्वच्छ हावाको सम्पर्कमा आएको महशुस गरे अनि लामो सास फेरे । 

उनको कल्पना विपरीत उनको आँखा खोलिदिइयो, हतकडी पनि खोलिदिइयो र ढाकाको बाहिरी इलाकासम्म कारमा ल्याई हिलो खाल्डोमा फ्याँकियो । आफ्नो रिहाईलाई प्रेरित गरेको राष्ट्रिय स्थितिबारे उनलाई अझै पनि कुनै ज्ञान थिएन । “आठ वर्षमा पहिलोपटक मैले ताजा हावा पाएँ,” ४० वर्षीय कासेमले एएफपीलाई बताए । “मैले सोचेँको थिए कि उनीहरुले मलाई मार्न लगिरहेका छन् ।” कासेमको अपहरण र बेपत्ताका लागि जिम्मेवार प्रधानमन्त्री शेख हसिना वाजेद उनको रिहाइको केही घन्टाअघि राजीनामा दिएर देशबाट भाग्नु भएको थियो । 

अगस्ट ५ मा हसिना मित्रराष्ट्र भारततर्फ पलायन भएसँगै उनको १५ वर्षको शासनकालको अन्त्य भयो । यो अवधि उनको राजनीतिक विरोधीहरूको सामूहिक नजरबन्द र गैरन्यायिक हत्याका लागि जिम्मेवार थियो । कासेमलाई सेनाको गुप्तचरद्वारा सञ्चालित ऐनाघर (हाउस अफ मिरर) मा नजरबन्दमा राखिएको थियो । त्यहाँ बन्दीहरूले आफूबाहेक अरू कसैलाई कहिल्यै देख्न सक्दैनथे । कासेमलाई आठ वर्षसम्म झ्यालविहीन एकान्त कारावासमा बन्दी बनाएर राखिएको थियो र उनको जेलरलाई बाहिरी संसारबाट समाचार प्रसारण नगर्न कडा निर्देशन दिइएको थियो । 

हिरासत केन्द्रमा गार्डहरूले कैदीलाई नजिकैका मस्जिदहरूबाट प्रार्थनाको लागि इस्लामिक आह्वान सुन्न नदिन दिनभरी सङ्गीत बजाउँने गरेका थिए । यसले गर्दा मुस्लिम समुदायका कासेमले आफ्नो प्रार्थनाको समय थाहा पाउन सकेका थिएनन । उनि आफू अपहरण भएदेखि कति समय बित्यो भन्नेमा पनि अनविज्ञ थिए । जब सङ्गीत बन्द हुन्थ्यो तब अन्य बन्दीहरूको पीडादायी आवाजहरू सुन्ने गरेको उनले बताए । “बिस्तारै, बिस्तारै, मैले म एक्लो छैन भन्ने महसुस गर्न थालेँ”, उनले भने, “मैले मानिसहरू रोइरहेको, यातना दिइरहेका र चिच्याएको आवाज सुन्थेँ । 

ह्युमन राइट्स वाचले गत वर्ष सन् २००९ मा सत्तामा आएपछि हसिनाको सुरक्षा बलले ‘६०० भन्दा बढी जबरजस्ती बेपत्ता’ पारिएको बताएको थियो । सन् २०२२ मा ह्विसलब्लोअरको प्रतिवेदन विदेशमा प्रकाशित नभएसम्म ऐनाघर जनताका लागि अज्ञात थियो । हसिना सरकारले यसरी जबरजस्ती बेपत्ता पारिएको कुरा अस्वीकार गरेको छ र केही व्यक्तिहरू गैरकानुनी मार्गबाट युरोप पुग्ने प्रयास गर्दा भूमध्यसागरमा डुबेर बेपत्ता भएका दाबी गरेको छ । 

कासेम आफ्नो अपहरणको कारणबारे जानकार छन् । उनका बुबा मिर कासेम अली बङ्गलादेशको सबैभन्दा ठुलो इस्लामवादी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ सदस्य थिए । सन् १९७१ मा पाकिस्तानविरुद्ध स्वतन्त्रता युद्धको क्रममा स्वतन्त्रता समर्थक बङ्गलादेशीलाई यातना दिने अर्धसैनिक समूह चलाएको आरोपमा अलीमाथि मुद्दा लगाइएको थियो । उनि र अन्य व्यक्तीलाई युद्ध अपराध न्यायाधिकरणले द्वन्द्व पीडितहरूलाई न्याय दिलाउने उद्देश्यले अभियोग लगाएको थियो । तर यो व्यापक रूपमा हसिनाका लागि राजनीतिक विरोधीहरूलाई उन्मूलन गर्ने माध्यमको रूपमा हेरिएको थियो । 

कासेमले उक्त समयमा आफ्नो बुबाको तर्फबाट प्रतिरक्षाका लागि मुद्दा लडिरहेका थिए । न्यायाधीकरणमा प्रक्रियागत त्रुटि र न्यायिक पक्षपातका बारेमा उनको नियमित जानकारी अधिकार समूह र संयुक्त राष्ट्रका विज्ञहरूले प्रतिध्वनित गरेसँगै उनि तत्कालिन सरकारको निशानामा परेका थिए । 

एक रात सादा लुगा लगाएका मानिसहरू उनको घरमा प्रवेश गरे र उनलाई लतार्दै सिँढीबाट तल झारेर कारमा हाले । “मेरो बुबाको मृत्युदण्ड हुनुभन्दा केहीदिन अघि तिनीहरूले मलाई बेपत्ता पार्नेछन् भनेर मैले सपनामा पनि सोच्न सकिनँ,” कासेमले भने । मैले तिनीहरूलाई भन्ने गरेको थिए,“म विरूद्ध मुद्दा चलाउन म त्यहाँ हुनु आवश्यक छ । म मेरो परिवारसँग हुन आवश्यक छ ।” कासेमका बुबालाई उनलाई बेपत्ता पारिएको चार हप्तापछि फाँसी दिइएको थियो । कासेमलाई यो कुरा थप तीन वर्ष बित्दासम्म थाहा थिएन । 

जेलबाट बाहिर निकालेपछि कासेम आफ्नो घर जाने बाटो खोज्ने प्रयासमा रातभरी भौतारिरहेका थिए । संयोगले, उनि एक परोपकारी संस्थाद्वारा सञ्चालित मेडिकल क्लिनिकमा पुग्नुभयो जसका लागि उनका बुबा एकपटक ‘ट्रस्टी’ रहेका थिए । उनलाई त्यहाँको एक कर्मचारी सदस्यद्वारा पहिचान गरियो र परिवारसँग सम्पर्कमा ल्याइयो । यतिवेलासम्ममा बङ्गलादेशमा विद्यार्थीहरूको विरोध प्रदर्शनको परिणामस्वरूप आफ्नो रिहाइ भएको कासेमले थाहा पाएका थिए । 

“यो सबै केही किशोरकिशोरीहरूले सम्भव बनाएका हुन्”, उनले भने । “म साँच्चै आशावादी छु कि यो बङ्गलादेशको लागि भविष्यका लागि नयाँ दिशा फेला पार्ने अवसर हुनेछ ।” उनकी श्रीमती तहमिना अख्तरले कासेमको मुद्दाको विषयमा भएको प्रचारले आफ्ना बच्चाहरूले विद्यालयमा बहिष्कार हुनुपरेको महसुस गरेको बताए । कासेमलाई अपहरण गरेको समयमा उहाँका दुई छोरीहरू तीन र चार वर्षका थिए । ठूली छोरीले आफ्नो बुबाको अपहरण भएको प्रत्यक्ष देखेकी थिइन् उनी अझै पनि विद्यालय बाहिर तैनाथ निजी सुरक्षा गार्डजस्ता केही अधिकारीहरूसँग डराउँछिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE