Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

कालीमाटीमा तरकारीको मूल्य बढ्दा किसान र उपभोक्ता मारमा

खबरडबली संवाददाता

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य बढ्दा किसान र उपभोक्ता मारमा परेका छन् । कालीमाटीमा तरकारीको मूल्य बढेपनि किसानदे थोरै र उपभोक्ताले बढी मूल्य तिर्न पर्दा किसान र उपभोक्ता मारमा परेका हुन् ।

कालीमाटीमा ९०–१०० रुपैयाँ  प्रतिकेजी पर्ने तरकारीको मूल्य उपभोक्ताको  भान्छामा पुग्दा १५० –१७० रुपियाँ पर्न जान्छ । तर, त्यही तरकारीमा किसानले  प्रतिकेजी ३०–३५ रुपैयाँ पाउँछन् । 

आज  कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेंडा, ब्रोकाउली र फर्सीको मूल्य बढेको छ। हिजो ८६ रुपैयाँ रहेको ठूलो गोलभेंडा किलोमा ९ रुपैयाँले बढेर आज ९५ रुपैयाँमा किनबेच हुँदैछ। त्यस्तै आज ब्रोकाउलीको भाउ प्रतिकिलो १६६ रुपैयाँ तोेकिएको छ। अघिल्लो कारोबार दिनमा भने यो १३६ रुपियाँ थियो । हिजोको तुलनामा ३० रुपैयाँले बढेको हो।

त्यसैगरी, यसदिन हरियो फर्सी किलोमा ९ रुपैयाँले महँगो भएको छ। बुधबार ७६ रुपियाँ रहेको हरियो फर्सी आज कालिमाटीमा ८५ रुपियाँमा किन्नुपर्ने भएको छ।

कालीमाटी मा बिहीबार बन्दा ७५, तनेबोडी ९५, भटमासकोसा १२५, लौका ४५, परवर ७५, घिरौंला ४५, भिन्डी ४५, कन्य च्याउ १८०, पार्सले १२५०, पुदिना ६५० र तामा ११० रुपियाँ किलोमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिफन्टले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...

विदेशी नागरिकता लिने थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...

सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित

पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...

रोल्पा जीप दुर्घटना : मृत्यु हुनेमा एकै घरका ७ सहित १४ आफन्त

राेल्पा  । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...

शल्यक्रियापछि मृत्यु विवाद टुंगियो: १ लाख क्षतिपूर्ति सहमतिपछि परिवारले शव बुझ्यो

काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending