Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनमा ३८ जना प्रतिस्पर्धी

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले आगामी महिना हुने निर्वाचनमा ३८ जना प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने निर्वाचन आयोगले बिहीबार जनाएको छ । 

दुई वर्षअघि विक्रमासिङ्घेले सत्ता सम्हालेयताको यो पहिलो मतदान हो । श्रीलङ्कामा अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीहरूले शक्तिशाली राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि उनले सत्ताको बागडोर सम्हालेका थिए भने अहिलेसम्ममा श्रीलङ्काले आफ्नो आर्थिक सङ्कटलाई थप विग्रिन नदिई सम्हाल्न सफल भएको छ । 

उमेरले ७५ वर्षमा हिँडिरहेका विक्रमासिङ्घेलाई विपक्षी दलका संसदीय नेता ५७ वर्षीय राजनीतिज्ञ प्रेमदासा र ५५ वर्षीय वामपन्थी नेता अनुरा कुमारा दिसानायकाले चुनौती दिएका छन् । तर त्रिपक्षीय लडाइँका रूपमा सुरु भएको यो प्रतिस्पर्धा प्रभावशाली राजापाक्षे परिवारले विक्रमासिङ्घेलाई दिएको महत्वपूर्ण समर्थन फिर्ता लिएपछि र आफ्नै उम्मेदवार निर्मल राजापाक्षलाई उठाएपछि गत सातादेखि चुनौति झनै पेचिलो बनेको छ । 

पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा तथा गोटबायाका भाइसमेत रहेका ३८ वर्षीय राजापाक्षे राजापाक्षे संसद सदस्य हुन् । करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बौद्ध बहुल श्रीलङ्कामा सेप्टेम्बर २१ मा मतदान हुँदैछ । निर्वाचन आयोगका अध्यक्ष आर.एम.ए.एल. रथनायकेका अनुसार ३९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् र जसमध्ये कोही पनि महिला छैनन् । 

“कृपया निर्वाचनमा तपाईं कानूनको दायरामा रहेको सुनिश्चित गर्नुहोस्,” उम्मेदवारहरूलाई निर्वाचन नियमहरू पालना गर्न चेतावनी दिँदै रत्ननायकेले एक टेलिभिजन सम्बोधनमा भने । उनले भने, “तपाईंको अभियानलाई मद्दत गर्न कुनै पनि अवैध गतिविधिमा सार्वजनिक अधिकारीहरूलाई प्रभावित नगर्नुहोस् ।”

श्रीलङ्कामा निर्वाचनसम्बन्धी कानुन उल्लङ्घन हुनु सामान्य कुरा हो, तर अभियोजन भने विरलै हुने गरेको छ । विक्रमासिङ्घेले आफ्नो दक्षिणपन्थी युनाइटेड नेसनल पार्टी (युएनपी) लाई त्यागेको छ भने व्यापक समर्थनको आशामा आफूलाई स्वतन्त्र उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन् । 

सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा गोटबाया राजापाक्षेले ३५ जना उम्मेदवारलाई पराजित गरेको थियो तर उनलाई सन् २०२२ मा अर्थव्यवस्थाको गलत व्यवस्थापनको विरोधमा महिनौंसम्म चलेको विरोध प्रदर्शनपछि राजिनामा दिन बाध्य पारिएको थियो । 

विक्रमासिङ्घे सन् २०२२ को जुलाईमा राजापाक्षेको बाँकी कार्यकालका लागि संसदबाट राष्ट्रपति निर्वाचित भएको थियो । श्रीलङ्कामा एक करोड ७० लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउँछन् भने आधुनिक मतदान अभ्यास (विद्युतीय मतदान) का कारण मतदान भएको एक दिनभित्र परिणाम आउने अपेक्षा गरिएको छ र निर्वाचन परिणाम घोषणा भएको दुई हप्ताभित्र नयाँ राष्ट्रपतिले शपथ लिनुपर्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE