Ntc summer Offer
Khabar Dabali ३ पुष २०८१ बुधबार | 18th December, 2024 Wed
Investment bank

कर्णाली करिडोरको खच्चादेखि खार्पु सडक अवरुद्ध

खबरडबली संवाददाता

हुम्ला । कर्णाली करिडोरको सर्केगार्ड गाउँपालिका–१ को खच्चादेखि खार्पुनाथ गाउँपालिका-५ को खार्पु खण्डको सडक एक हप्तादेखि अवरुद्ध भएको छ । वर्षाको कारण ठाउँठाउँमा पहिरोले सडक अवरुद्ध गरेपछि सो खण्डको सडक अबरुद्ध भएको हो । 

करिडोरको हुम्ला खण्डको सडकमा धेरै स्थानमा पहिरोले अवरोध पुर्याएपछि गत साउन २६ गतेबाट यातायात सेवा बन्द हुँदै आएको सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले बताए । उनले सर्केगार्ड गाउँपालिकाको खच्चामा पाँच सय मिटर सडकमा पहिरो जाँदा बालुकुनादेखि सलीसल्लाको सडक अवरुद्ध भएको जानकारी दिए । 

त्यसैगरि सलीसल्लादेखि खार्पुसम्मको सडकमा पनि ठाउँठाउँमा पहिरोले सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको उनले बताए । सडक अवरुद्ध भएपछि सर्केगार्ड, खार्पुनाथ र सिमकोटका लागि माल सामान लोड भएको यातायातको साधन अलपत्र अवस्थामा सडक बिचमा छ । यसबाट हुम्ला खण्डमा कर्णाली करिडोर ठप्प भएको छ । 

सामान ढुवानी गरेर ल्याएका व्यवसायी मर्कामा छन् । अवरुद्ध सडक सुचारु गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबिबीएस अध्यापन सुरु

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबा...

पाेखरामा आगामी पुस १३ देखि सडक महोत्सव हुने

काठमाडौं । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा यही पुस १३ देखि १७ गतेसम्म २६ औँ पोखरा सडक महोत्सव हुने भएको छ ...

किन प्रधानमन्त्री ओलीले राज्य व्यवस्था समितिका सत्तारूढ दलका सांसदलाई भाेलि बालुवाटार बाेलाए ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूलाई आफुलाई भेट्न भोलि बिहान १० बजे आफ्नो सरकारी निवास बालुव...

कोरियाको सिप, श्रम र सम्पत्ति नेपालमा सदुपयोग गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सिप, गरिरहेको श्रम र आर्जन गरे...

नेपालले जित्यो हङकङविरुद्धको सिरिज

काठमाडौं । नेपाली यु–१९ टोलीले एक खेल अगाबै हङकङविरुद्ध एकदिवसीय अभ्यास सिरिज जितेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेपालले हङकङ...

नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्री राणाकाे जोड

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिमा जोड दिएकी छन् ।...

निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउन सांसदहरुकाे सुझाव

काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्...

माओजाम्बिकमा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो

मापुटो । मोजाम्बिकमा चक्रवात चिडोबाट मृत्यु हुनेको सङ्ख्या ११ ले बढेर ४५ पुगेको राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन संस्थानले बुधबार घोषणा गरेको छ । म...

इरानमा हिजाबसम्बन्धी कडा विधेयकमा सुधार गर्न सांसदहरुद्वारा आग्रह

तेहरान । इरानका सांसदहरूले हिजाब लगाउन इन्कार गर्ने महिलालाई कडा सजाय दिने विधेयकमा संशोधन गर्न माग गरेका छन् । संसदमा पारित भइसकेको तर अन्तिम पुष्टिक...

सप्तरीकाे रुपनीमा एक युवकको शव फेला

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सामुदायिक भवनमा वुधबार वेवारिसे अवस्थामा शव फेला परेको...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy