Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

गाडी आतंकको पर्दापछाडि के छ ? पूर्वसूचनाले जन्मायो नयाँ प्रश्न

पूर्वसूचना, राजनीतिक पहुँच र अनुसन्धानमाथि उठेका प्रश्न

खबरडबली संवाददाता

काठमाडौं । विभिन्न सञ्चारगृह, एक राजनीतिक नेताको निवास र सार्वजनिक स्थानका प्रवेशद्वारमा एकै दिन शंकास्पद रूपमा गाडी तेर्स्याएर छाडिएको घटनाले नयाँ प्रश्नहरू जन्माएको छ। घटनाले केवल ट्राफिक अवरोध मात्र सिर्जना गरेन, सुरक्षा संयन्त्रको तयारी, अनुसन्धानको दिशा र सम्भावित योजनाबद्ध गतिविधिबारे पनि बहस सुरु भएको छ।

सुरक्षा स्रोतका अनुसार घटनाअघि नै ‘ठूला सञ्चारगृहमा अवरोध हुन सक्ने’ सूचना सुरक्षा निकायसम्म पुगेको थियो। त्यसपछि केही सञ्चारगृह आसपास निगरानी बढाइएको थियो। तर अवरोधको स्वरूपबारे स्पष्ट जानकारी नहुँदा सुरक्षा टोलीको ध्यान सम्भावित प्रदर्शन वा समूहगत गतिविधितर्फ केन्द्रित भएको बताइएको छ।

स्रोतका अनुसार केही समयपछि सञ्चारगृहका मुख्य प्रवेशद्वारमै गाडी तेर्स्याएर छाडिएको जानकारी प्राप्त भएको थियो। यसले सुरक्षाकर्मीले पाएको प्रारम्भिक सूचनाको प्रकृति र त्यसको उपयोगबारे प्रश्न उठाएको छ। यद्यपि यसबारे सरकारले आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन।

गाडीका धनी को हुन् ?

घटनापछि विभिन्न स्थानमा छाडिएका गाडीका धनीको खोजी सुरु भयो। कान्तिपुर पब्लिकेसन्सको गेटमा छाडिएको बागमती प्रदेश ०१–०३४ च ८४८० नम्बरको गाडी रौतहटका व्यवसायी तथा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध रवि जयसवालको नाममा दर्ता रहेको खुलेको छ। जयसवाल हाल रास्वपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका सदस्य हुन्।

अन्य सञ्चारगृहअगाडि छाडिएका सवारीसाधनका धनी तथा चालकबारे पनि प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। यद्यपि घटनाको उद्देश्य र योजनाकारबारे अहिलेसम्म आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।

अनुसन्धानभन्दा ट्राफिक कारबाहीमै सीमित ?

घटनाले दिनभर राजधानीमा त्रास र अन्योल फैलाए पनि अधिकांश सवारीसाधन अन्ततः ट्राफिक प्रहरीले क्रेनमार्फत हटाएर सामान्य ट्राफिक कारबाहीपछि छाडेको थियो।

पूर्वप्रहरी अधिकारीहरू भने एउटै प्रकृतिका घटना धेरै स्थानमा एकै समयमा हुनु सामान्य ट्राफिक उल्लंघन मात्र नभई योजनाबद्ध गतिविधि हुन सक्ने भएकाले विस्तृत अनुसन्धान आवश्यक रहेको बताउँछन्। उनीहरूका अनुसार यस्ता घटनालाई केवल पार्किङ उल्लंघनका रूपमा मात्र हेर्न नहुने तर्क छ।

राजनीतिक प्रतिक्रिया पनि तीव्र

घटनापछि नेपाल पत्रकार महासंघ, विभिन्न राजनीतिक दल र नागरिक समाजले निष्पक्ष अनुसन्धानको माग गरेका छन्। सञ्चारगृहलाई लक्षित गरी गरिएको गतिविधिले प्रेस स्वतन्त्रतामाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको उनीहरूको भनाइ छ।

उता सरकारले भने घटनामा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुने जनाएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र कुनै पनि राजनीतिक दल वा व्यक्तिलाई उन्मुक्ति नदिइने बताएका छन्।

अझै अनुत्तरित प्रश्न

घटनाले केही महत्वपूर्ण प्रश्न भने अझै खुला छाडेको छ ।  सुरक्षा निकायलाई पुगेको पूर्वसूचना कसरी आयो?  सूचना हुँदाहुँदै गाडीहरू विभिन्न स्थानमा कसरी पुग्न सके? एउटै दिन धेरै स्थानमा समान शैलीमा गाडी छाडिनु संयोग थियो कि योजनाबद्ध? घटनाको उद्देश्य केवल ट्राफिक अवरोध थियो वा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने प्रयास?

यी प्रश्नको उत्तर अब प्रहरी अनुसन्धानले मात्रै दिन सक्छ। हालसम्म सार्वजनिक भएका अधिकांश विवरण स्रोत, सम्बन्धित पक्षका दाबी र प्रारम्भिक अनुसन्धानमा आधारित भएकाले घटनाको अन्तिम निष्कर्ष भने आधिकारिक अनुसन्धानपछि मात्रै स्पष्ट हुनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार र लघुवित्त पीडितबीच सात बुँदे सम्झौता, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच बिहीबार सात बुँदे सम्झौता भएको छ। सम्झौतासँगै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले आफ...

कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सञ्चालनमा नेपाली कांग्रेसले गरेको सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छ...

सीमाको विषय कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद थापा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...

डिडिसीले दैनिक १५ हजार लिटर दूध खरिद गर्ने, कृषि केन्द्रीय संघ र साना किसानसँग त्रिपक्षीय सम्झौता

काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...

दुई दशकदेखि रोकिएन पहिरो, घरआँगनमै आइपुग्दा पनि राज्य बेखबर

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...

पानीको संकटले रित्तिँदै पहाड : जहाँ मुहान सुके, त्यहाँ गाउँ नै खाली भए

पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...

एप्पल इन्टरटेन्मेन्टको नयाँ फिल्म ‘भिडियोटेप’ घोषणा, उपासना र कुन्दन मुख्य भूमिकामा

काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...

इट इज माइ ट्यालेन्टको जुलाई विजेता गिनीज अधिकारी, जितिन् ५० हजार रुपैयाँ

काठमाडौँ  । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...

डब्लिन घोषणापत्र : एनआरएनएले उठायो नागरिकता, लगानीदेखि सुरक्षित वैदेशिक रोजगारीसम्मका १५ मुद्दा

काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending