Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

हुलाकी सडककाे सिरहा खण्डमा वृक्षरोपण सुरु

खबरडबली संवाददाता

लहान । तराई मधेशको हुलाकी सडकको पूर्वमा सिरहा सप्तरीको सीमाना रहेको बलना नदी र पश्चिममा सिरहा धनुषाको सीमाना रहेको कमला नदीसम्म ३१ किलोमिटरमा वृक्षरोपण सुरु भएको छ । सिरहा नगरपालिका-१७ का जगीय जानकी प्रतिष्ठान सिरहा र डिभिजन वन कार्यालय लहान सिरहाले वृक्षारोपण सुरु गरेको हो । 

३१ किलोमिटरमा वन प्रजाति र फलफूल गरी दस हजार बिरुवा रोप्ने र बिरुवा संरक्षणको लागि बाँसको खोप समेत हाल्ने डिभिजन वन कार्यालयका प्रमुख सुजित कुमार झाले जानकारी दिए । प्रमुख झाका अनुसार आर्थिक वर्ष २०८०-८१ मा सिरहाका ६ वटा सवडिभिजन कार्यालयबाट अहिलेसम्म दुई लाख बिरुवा वितरण भैसकेको छ । एक व्यक्तिलाई २४ घण्टामा १६ किलो अक्सिजन( प्राणवायु) चाहिन्छ । एउटा बिरुवाले २ किलो अक्सिजन दिने गर्दछ । प्रति व्यक्ति सात वटाका दरले बिरुवा आवश्यक छ । व्यस्त सडकमा चल्ने सवारी साधनबाट उत्पन्न हुने ध्वनि (१०–१५ ) डेसिवल ध्वनि प्रदूषण समेत बोट बिरुवाले रोक्न कार्य गरिरहेको हुन्छ । 

तराई–मधेशका जिल्लाहरूमा खानेपानीको हाहाकार रोक्न र वातावरणीय जलवायु समस्या समाधानको लागि अहिलेसम्म बनेको ३७ वटा आयोगहरूले दिएको सुझाव अनुसार पानीको गर्भ गृह मानिएको चुरे क्षेत्रको संरक्षण गर्न चुरेलाई हराभरा बनाउन, नदीहरूबाट मापदण्ड विपरीतका गिटी ढुङ्गा र बालुवा निकाल्न नहुने र वनको अतिक्रमित गरेको वन क्षेत्रमा बनाएको बस्ती हटाउनुपर्ने, आगलागी र चरिचरणबाट वन जोगाउनुपर्ने प्रमुख झाले प्रस्ट्याए । 

उनले भने, "सिराहामा आएको एक वर्षमा ४२ किलोमिटर वन अतिक्रमित जग्गा खाली गराउन वृक्षरोपण र नदीबाट मापदण्ड विपरीतका गिटी बालुवा ढुङ्गा रोक्न अहोरात्र काम गरिरहेको छु ।" वृक्षरोपण कार्यक्रममा सहभागी मधेश प्रदेशका प्रदेशसभा सदस्य जिवछी यादवले तराई मधेशको वनजङ्गल जोगाउन र थप वृक्षरोपण गर्न सिरहाका जगिया जानकी प्रतिष्ठान सिरहाका अध्यक्ष तथा वरिष्ठ लेखक एवम् समाज सुधारका अभियानकर्ता रामरिझन यादवले हुलाकी सडक निर्माण गर्न आफूले दबाब दिएकै कारण हुलाकी सडक निर्माण कार्य समयमा सिरहामा सम्पन्न भएको बताए । 

अहिले हुलाकी सडकमा वृक्षरोपण गर्नु प्रशंसनीय मात्रै होइन, प्रेरणादायी समेत रहेको उनको भनाइ छ । हुलाकी सडकमा औरही गाउँपालिकाले हुलाकी सडकमा पर्ने साढे ६ किलोमिटर क्षेत्रमा पन्ध्र सय बिरुवा रोपेको तथा नवराजपुर गाउँपालिका क्षेत्रमा पर्ने हुलाकी सडकमा वुक्षरोपण कार्यलाई यसै वर्ष सम्पन्न गर्ने नवराजपुर गाउँपालिका अध्यक्ष शिवउदगार यादवले प्रतिबद्धता गरे । हुलाकी सडकमा पूवदेखि पश्चिमसम्म ३१ किलोमिटरमा भगवानपुर, नवराजपुर, बरियारपटि, औरही र सिरहा नगरपालिका छन् । 

वृक्षरोपण कार्यक्रममा सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले हुलाकी सडकमा वृक्षरोपण गर्दा विद्युतीय तार जडान हुँदापछि रुखविरुवा काट्नु नपर्ने गरी कुन प्रजातिको बिरुवा लगाउँदा उचित हुने विषयमा समेत अहिले नै सोच्नुपर्ने सुझाव दिए । वृक्षरोपण कार्यक्रमको अध्यक्षता सिरहा नगरपालिका–१७ का अध्यक्ष अशोक कुमार यादवले गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: