Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

इन्धन मूल्यवृद्धिको मारमा किसान

खबरडबली संवाददाता

महोत्तरी। लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन, खेतीपातीको शैलीसमेत परिवर्तन गर्न थालेको छ। पछिल्लो पटक पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिपछि किसानहरू आधुनिक कृषि उपकरणबाट टाढिँदै परम्परागत प्रणालीतर्फ फर्किन बाध्य देखिएका छन्।

महोत्तरीको औरही नगरपालिका–५ श्रीपुरमा अहिले चैतको चर्को घामबिच किसानहरू गोरु जोतेर खेत तयार पारिरहेका दृश्य फेरि सामान्य बन्न थालेका छन्। केही वर्षअघिसम्म ट्याक्टरको आवाजले गुन्जायमान हुने खेतहरू अहिले फेरि हलो र गोरुको भरमा जोतिन थालेका छन्।

औरही नगरपालिका–५ का किसान जगदीश यादवका अनुसार इन्धनको मूल्य अत्यधिक बढेपछि ट्याक्टर प्रयोग गर्नु निकै महँगो भएको छ। “ट्याक्टर ल्याउँदा खर्च धेरै हुन्छ, अनि समयमा पनि पाइँदैन,” उहाँ भन्नुहुन्छ, “आफ्नै गोरु हुँदा चाहेको बेला खेत जोत्न पाइन्छ, त्यसैले फेरि पुरानै तरिकातिर फर्किनुपरेको छ।”

यादवको चार बिघा जमिनमध्ये दुई बिघामा उखु खेती हुन्छ भने बाँकी जमिन पनि क्रमश: गोरुको सहारामा जोतिँदै आएको छ। ६ सदस्यीय परिवारको जीविकोपार्जन कृषि पेशामै निर्भर छ। वार्षिक करिब १० लाख रुपियाँ आम्दानी हुने गरे पनि बढ्दो लागतका कारण बचत भने न्यून हुने गरेको उहाँ बताउछन्। “आम्दानी जति हुन्छ, खर्च पनि उस्तै हुन्छ,” उनले गुनासो गरे, “मलखाद महँगो छ, बीउ महँगो छ, अब इन्धन पनि महँगो भएपछि किसानलाई बाँच्नै गाह्रो भएको छ।”

स्थानीय अर्का किसान रामउदित महतो पनि यस्तै समस्याबाट गुज्रिरहेका छन्। उनका अनुसार ट्याक्टरले खेत जोत्न प्रतिघण्टा हजारौँ रुपैयाँ लाग्ने भएकाले साना किसानका लागि त्यो सम्भव छैन। “पहिले ट्याक्टर सजिलो लाग्थ्यो, तर अहिले त्यसको खर्च धान्न सकिँदैन,” उनी भन्न्छन्, “गोरु पाल्न खर्च लागे पनि दीर्घकालमा सस्तो पर्छ।”

सिँचाइको अवस्था पनि त्यत्तिकै चुनौतीपूर्ण बन्दै गएको छ। डिजेलबाट चल्ने पम्पसेट ९दमकल० प्रयोग गर्दा लागत ह्वात्तै बढेको किसानहरूको भनाइ छ। “पानी त चाहिन्छ, तर डिजेलको मूल्यले सिंचाइ गर्नै गाह्रो भएको छ,” गौशाला नगरपालिका ५ का स्थानीय किसान सीता देवी यादव भन्नुहुन्छ, “बाली जोगाउनै सकस पर्छ।”

किसानहरूका अनुसार उत्पादन लागत बढ्दै जाँदा नाफा घट्दो छ, जसले गर्दा धेरैजसो किसान खेतीप्रति निराश हुन थालेका छन्। “सरकारले किसानका लागि सहयोगको कुरा त गर्छ, तर व्यवहारमा त्यस्तो महसुस हुँदैन,” सोनमा गाउँपालिका ३ का किसान धर्मेन्द्र यादव भन्नुहुन्छ, “मल समयमा पाइँदैन, सहुलियत छैन, अनि बजारको पनि ग्यारेन्टी छैन।”

यता गाउँका अन्य किसानहरू पनि विस्तारै गोरु प्रयोगतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत खेती प्रणाली श्रमसाध्य भए पनि खर्च कम हुने भएकाले अहिलेको परिस्थितिमा विकल्पका रूपमा देखिएको छ।

कृषि विज्ञहरूका अनुसार इन्धन मूल्यवृद्धि, मलखाद अभाव र बजार व्यवस्थापनको कमजोरीजस्ता कारणले किसानहरू दबाबमा परेका छन्। यदि समयमै नीतिगत व्यवस्था नगरिए किसानहरू खेतीबाटै विस्थापित हुने जोखिम बढ्न सक्ने उनीहरूको चिन्ताछ।

महोत्तरीका किसानहरूको यो अवस्था केवल एउटा क्षेत्रको समस्या मात्र नभई देशभरकै कृषिक्षेत्रको संकेत भएको सरोकारवालाहरू बताउँछन्। आधुनिकताबाट परम्परातर्फको यो फर्काइले किसानको पीडा मात्र होइन, नीतिगत कमजोरी पनि उजागर गरेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रतिनिधिसभा...

सिलाम साक्मा लगाएर शपथ ग्रहण समारोहमा पुगे बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आजको प्रतिनिधिसभा सदस्य पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा उपस्...

तातो हावा ‘लु’ को पूर्व तयारी र प्रतिकार्य गतिविधिको अनुगमन

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावा ‘लु’ पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धित गतिविधिको बारेमा उच्च स्तरीय अनुगमन तथा अवलोकन गरिएक...

थरीथरी भेषभूषामा शपथ लिन पुगे नवनिर्वाचित सांसदहरु

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज अपराह्न २:०० बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अ...

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

बङ्गलादेश। बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएको अधिकारीहले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत ग...

एमालेका सांसदहरूलाई च्यासल बोलाइयो, ओलीले राजनीतिक विषयमा निर्देशन दिने

काठमाडौँ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ ग्रहण गरेलगत्तै नेकपा एमालेका सांसदहरूलाई पार्टी केन्द्रीय कार्यालय च्यासल बोलाइएको छ। पार्टीको प्रचार स...

तत्कालीन आईजीपी खापुङ र उच्च सुरक्षा अधिकृतबिच ११५ पटक फोन भएको प्रतिवेदनमा खुलासा

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ मा तत्कालीन प्रहरी उच्च अधिकारी र सरकारी पदाधिकारीबीच भएको फोन सम्पर्कको विवरण आयोगको प्रतिवेदनमा समावे...

जेनजी आन्दोलनका क्रममा जलेका मध्ये ८ हजार नयाँ श्रेस्ता कायम

चितवन । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा जलेका मध्ये मालपोत कार्यालय भरतपुरका आठ हजार नयाँ श्रेस्ता कायम गरिएको छ । यकिन तथ्याङ्क नभए पनि ...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

पेरिस। मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहल अस्पष्ट र विरोधाभासी देखिएका छ...

तारकेश्वरको शेषमती कोरिडोरबाट अनाधिकृत संरचना हटाइयो

काठमाडौँ । तारकेश्वरस्थित शेषमती कोरिडोर क्षेत्रमा निर्माण गरिएका अनाधिकृत संरचना हटाइएको छ। खोला अतिक्रमण गरी बनाइएका टहरा तथा अन्य संरचना हटाउन य...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: