खोटाङ । झाडापखालाका कारण खोटाङमा चार वर्षीय बालकको मृत्यु भएको छ । झाडापखालाका कारण जलवियोजन हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका दिप्सन भुजेलको मृत्यु भएको जिल्ला अस्पताल खोटाङका निमित्त सुपरिटेन्डेन्ट डा. रुपेश संग्रौलाले बताए ।
जलवियोजन भएका कारण मुटुको धड्कन रोकिएको अवस्थामा बालकलाई आइतबार दिउँसो ३:४५ बजे जिल्ला अस्पतालमा पु¥याइएको थियो । अन्तिम अवस्थामा अस्पताल पुर्याएको बालकलाई केही समयपछि मृत घोषणा गरिएको थियो ।
बुवा देवराज र आमा अनु भुजेलको दुई छोरी र एक छोरामध्ये कान्छो सन्तान हुन्, दिप्सन । उनी दुई दिन अघिदेखि निरन्तर पखाला लाग्ने र वान्ता हुने समस्याबाट बिरामी परेका थिए । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइतबार बिहान ९ बजे स्वास्थ्यचौकी याम्खाका सिनियर अहेव सौजन राईलाई खबर गरिएको थियो । सिनियर अहेव राई घरैमा पुगेर प्राथमिक उपचार गरेर फर्किएका थिए ।
स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएपछि बालकलाई अस्पताल लगिएको थियो । स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाँक्री गरेका कारण बालकको ज्यान गएको स्वास्थ्यकर्मीको भनाइ छ ।
विपन्न परिवारका भएका कारण शवलाई चन्दा उठाएको पैसाले जिप रिजर्भ गरेर गाउँ फर्काइएको छ । देवराजको घरमा आमा र छोरी समेत झाडापखालाबाट बिरामी छन् । सिनियर अहेव राईका अनुसार दुई तीन दिन यता स्वास्थ्य चौकीमा झाडापखालाको समस्या भएका बिरामी आउन थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...
आषाढ़ १५ गते, २०८३ - १५:३१
काठमाडौँ। राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२)बमोजिम अर्थमन्त्री डा...
आषाढ़ १५ गते, २०८३ - १५:०१
ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न स...



प्रतिकृया लेख्नुहोस्: