पर्सा । पर्सामा ४६८ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले पर्साभरिका ४६८ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । ‘स्थानीयवासीले साझेदारी तथा धार्मिक वनलाई कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसिरहेका छन्,’ उनले भने, ‘वन अतिक्रमण गर्ने स्थानीयवासीलाई राजनीतिक दलले पनि अघोषित रूपमा समर्थन गर्ने परिपाटीले पनि वनजंगल जोगाउन समस्या भइरहेको छ । अतिक्रमणमा परेको वन हटाउन जाँदा राजनीतिक तवरबाटै प्रतिरक्षा गर्ने गलत परम्पराको विकास भइरहेको छ ।’
डिभिजन वन कार्यालयका अनुसार पर्सामा चार सय ६८.१४९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । ठोरी गाउँपालिका बराहनजिकै रहेको वन दुई सय दशमलव ७० हेक्टर अतिक्रमणमा परेको छ । यो पर्साको सबैभन्दा धेरै अतिक्रमणमा परेको वनक्षेत्र हो । त्यसैगरी, गादीमाई साझेदारी वनक्षेत्र एक सय ६७.६८ हेक्टर, मधुवन क्षेत्रको वन ३२.४७ हेक्टर स्थानीयवासीले कब्जामा लिएका छन् । सखुवा प्रसौनी साझेदारी वन ३३.२० हेक्टर, सबैया साझेदारी वन २२.२३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२.०६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कर्णले जिल्लाभरिमा अतिक्रमणमा परेको वनमा करिब एक हजार पाँच सयको हाराहारीमा घरटहरा निर्माण भएको बताए ।
‘कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित अनुगमन र सुपरिवेक्षण गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘वेलाबखतमा स्थानीय प्रशासनसँग समन्वयमा अतिक्रमणमा परेको वनलाई फिर्ता ल्याउने प्रयास भइरहेको छ ।’ डिभिजन वन कार्यालयमा कुल सयजना कर्मचारीको दरबन्दी भए पनि अहिले ५९ जना मात्र कार्यरत छन् । जसले गर्दा पनि नियमित रूपमा वन अनुगनम र निरीक्षण गर्न समस्या भइरहेको छ ।
पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । साझेदारी वन ११ हजार चार सय ९.१४ हेक्टरमा फैलिएको छ भने धार्मिक वन ३४.६३ हेक्टर क्षेत्रफलमा रहेको छ । निजी वन एक सय १० हेक्टर, राष्ट्रिय वन ७.५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा साल, खयर, मसला, टिक, सिमल, सिसौ, जामुनलगायत प्रजातिका रुख छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८१ - १९:३८
जनकपुरधाम । धनुषामा बोराभित्र एक जनाको शव फेला परेको छ । धनुषाको मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको ...
पौष ४ गते, २०८१ - १८:५९
मोरङ । कुखुरा फर्ममा आगलागी हुँदा डेढ लाख बढीको क्षति भएको छ । बुढीगंगा गाउँपालिका-६ सिन्धुवा टोलका ४५ वर्षीय बिमल चौधरीको कुखुरा फर्ममा विद्युत सर्ट ...
पौष ४ गते, २०८१ - १८:४५
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकार सुनिश्चित गर्न र छुवाछूत तथा विभेद अन्त्य गर्न यससम्बन्धी ब...
पौष ४ गते, २०८१ - १८:३९
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार सिरियाका पूर्व नेता बशर अल-असदको पतन रुसका लागि ‘पराजय’ नभएको भन्दै मस्कोले त्यस देशमा आफ्नो लक्ष्य ...
पौष ४ गते, २०८१ - १८:३४
हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा प्रथम अदानचुली साँस्कृतिक तथा पर्यटकीय महोत्सव आयोजना हुने भएको छ । गाउँपालिकामा रहेका पर्य...
पौष ४ गते, २०८१ - १८:२७
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष हिउँदमा सरदरभन्दा चिसो कम हुने पूर्वानुमान गरेको छ । मौसमविद् स...
पौष ४ गते, २०८१ - १८:२१
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मा रहेको मिर्मी बहुमुखी क्याम्पसले महायज्ञबाट दुई करोडभन्दा बढी रकम सङ्कलन गरेको छ । राष्ट्र निर्माण धार...
पौष ४ गते, २०८१ - १८:१३
सुर्खेत । सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ...
पौष ४ गते, २०८१ - १८:०८
झापा । झापाकाे दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन् । सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर स...
पौष ४ गते, २०८१ - १८:०५
काठमाडौं । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ । यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्...
प्रतिकृया लेख्नुहोस्: