Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

देश र जनताका लागि अझै धेरै काम गर्न बाँकी छ: बस्नेत

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले देश र जनताका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । मंगलबार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नागरिकका सबै अपेक्षा पूरा गर्न तत्काल नसके पनि जिम्मेवारी बोध गर्न बिर्सन नहुने बताए । उनले राम्रा कामको श्रेय लिएझैँ असफल कामको जिम्मेवारी नेतृत्व तहले लिन सक्नुपर्ने बताए । उनले जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षा पूरा गर्न बाँकी रहेको भन्दै कतिपय अपेक्षा राजनीतिक नेतृत्वको सानो प्रयासले मात्रै सफल हुने किसिमका रहेको बताए । 

उनले राम्रा कुराको जिम्मेवारी लिने र अप्रिय कामको जिम्मेवारी संविधानलाई बोकाउने कुरा समस्याको समाधान नभएको बताए । उनले भने, ‘‘हामी सबै आवश्यकताको परिपूर्ति गर्न नसकौँला, तर हामीले यो कुराको बोध, महसुस गर्नैपर्छ। आज जति राम्रा काम भएका छन् । ति सबै राम्रा कामको श्रेय मुख्य राजनीतिक पार्टीलाई, राजनीतिक पार्टीका अगुवालाई नै जान्छ । जनताका थुप्रै आवश्यकता, अपेक्षा र आकंक्षाहरु जति पूरा हुनुपर्ने हो भएको छैन । कति कुराहरु समयक्रममा पूरा हुनेछन् । कतिपय अहिले हाम्रो प्रयासले अलि थप पहल हुँदा समाधान हुन्छन् । हामीले यी कुराको जिम्मेवारी लिन तयार हुनुपर्छ । राम्रा कुराको जिम्मेवारी हामीले लिने, अप्रिय कुराहरुको भारी संविधानलाई बोकाइदिने, अपुरो भएका कुराहरु अरु कुनै पक्षलाई बोकाइदिने समस्याको समाधान होइन ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान गर्न पाइने

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा सेवा उपलब्ध गराइरहेका निजी हेलिकप्टर कम्पनीलाई निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कु...

भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ ...

अध्यक्ष प्रचण्डद्वारा चीनकाे सिजाङ भूकम्पको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु बनाई गएको भूमम्पबाट भएको जनधन...

प्रशासनिक नेतृत्वको कारण डेलिभरिमा समस्या छ: बर्तौला

मकवानपुर । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोक्ने गरेको आरोप लगाएका छन...

हाइटी हिंसामा गत वर्ष पाँच हजार छ सयभन्दा बढीको मृत्यु : राष्ट्रसङ्घ

जेनेभा । हाइटीमा बढ्दो गिरोह हिंसाले गत वर्ष पाँच हजार छ सयभन्दा बढीको ज्यान लिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । अघिल्लो वर्षको तुलनमा यो ...

प्रधानमन्त्री ओलीले झुटा विवरण पेस गरेकाे सहकारीपीडितकाे आराेप

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले झुटा विवरण देखाएर समाजमा भ्रम छर्ने प्रयास गरेको सहकारीपीडितहरूले आरोप लगाएका छन् । बचत फिर्ताको विषयमा ओली...

कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द...

माओवादी केन्द्रले महाधिवेशन अर्को वर्षकाे मंसिरमा गर्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रको महाधिवेशन विसं २०८२ साल मंसिरमा हुने भएको छ । आइतबारदेखि मंगलबारसम्म जारी केन्द्रीय समिति बैठकमा महाधिवेशनको मिति ...

यस्ता छन् माओवादी केन्द्रको केन्द्रीय समितिबाट पारित समसामयिक १६ प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसमा विभिन्न प्रकारका रहेका छन् ।  नेपाल कम्युनिस्ट...

मितेरी सहकारी ठगी प्रकरणमा सीआईबीले धनराज गुरुङसँग फेरि गर्याे सोधपुछ

काठमाडौं । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग दोस्रो पटक ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy