Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

एलपी ग्यासको सुरक्षा, गुणस्तर र अनुदान प्रणाली सुधार गर्न सांसदहरूको सरकारसँग माग

खबरडबली संवाददाता

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अनुदान प्रणाली सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको समितिको बैठकमा सांसदहरूले ग्यास सिलिन्डरको सुरक्षा मापदण्ड, उपभोक्ता ठगिने गुनासो, भण्डारण क्षमता अभाव तथा एलपी ग्यासमा बढ्दो परनिर्भरता घटाउने विषयमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले घरघरमा प्रयोग भइरहेका ग्यास सिलिन्डरको सुरक्षा मापदण्डबारे नागरिकमा चिन्ता बढ्दै गएको बताउँदै पुराना तथा जोखिमयुक्त सिलिन्डरको नियमित परीक्षण र व्यवस्थापनबारे सरकारसँग जवाफ माग गरे। उनले सिलिन्डरभित्र हुने लेदो (अवशेष) का कारण उपभोक्ता ठगिने गरेको गुनासो रहेको र हाल कार्यान्वयनमा आएको ७.१ केजी रिफिल वितरण प्रणालीले थप अन्योल सिर्जना गरेको उल्लेख गरे।

उनले एलपी ग्यासमा बढ्दो परनिर्भरता र सरकारले बेहोर्नुपरेको अनुदानको भारलाई ध्यानमा राख्दै विद्युत् ऊर्जाको प्रयोग विस्तार, प्रसारण प्रणाली सुदृढीकरण तथा ग्यासको वैकल्पिक ऊर्जा विकासबारे सरकारको स्पष्ट योजना सार्वजनिक गर्न माग गरे।

रास्वपाकै सांसद बुद्धिप्रसाद पन्तले ग्यास सिलिन्डरको आयु र गुणस्तरका विषयमा कम्पनीहरूलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे। उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सिलिन्डरको आयु निर्धारण, नियमित परीक्षण तथा मर्मत सम्भार अनिवार्य गर्नुपर्ने र पुराना सिलिन्डरबाट हुने दुर्घटनाको जिम्मेवारी सम्बन्धित कम्पनीले लिनुपर्ने बताए। साथै, ग्यास भण्डारण क्षमता र बुलेटको सङ्ख्या बढाउन पनि उनले जोड दिए।

नेकपा ९एमाले० का सांसद कृपाराम रानाले मुलुकको ग्यास भण्डारण क्षमता कमजोर रहेको भन्दै सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने बताए। उनले दैलेखको ग्यास खानी उत्खनन परियोजना शीघ्र अघि बढाउन र घरायसी तथा व्यावसायिक प्रयोजनका लागि फरक–फरक रङका सिलिन्डर प्रयोगमा ल्याउन सुझाव दिए।

बैठकमा अधिकांश सांसदहरूले अनुदान लक्षित वर्गसम्म मात्र पुर्‍याउन ‘कलर कोडिङ’ प्रणाली लागू गर्नुपर्ने धारणा राखे। उनीहरूले घरायसी प्रयोगका लागि सहुलियत दर कायम गरी व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि छुट्टै मूल्य प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।

रास्वपाका सांसद हरिमोहन भण्डारीले हाल करिब ७०० वटा ग्यास बुलेटले मात्र देशको माग धानिरहेको उल्लेख गर्दै पाइपलाइन निर्माण, भण्डारण क्षमता विस्तार तथा वैकल्पिक ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए उहाँले आधा सिलिन्डर वितरण प्रणालीले ढुवानी, श्रम र व्यवस्थापन खर्च बढाएको भन्दै घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टै पहिचानयुक्त सिलिन्डर प्रणाली लागू गर्नुपर्ने धारणा राखे।

नेपाली कांग्रेसका सांसद कालीबहादुर सहकारीले कर्णाली प्रदेशमा ग्यास उद्योग स्थापना हुन नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै १४।२ केजी र ७।१ केजी सिलिन्डरको उपभोग अवधिमा देखिएको फरकबारे स्पष्ट पार्न माग गरे।

त्यसैगरी, कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले एलपी ग्यासको विकल्पका रूपमा इन्डक्सनसहित विद्युतीय उपकरणको प्रयोग विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले विद्युत् निर्यातसँगै स्वदेशभित्र विद्युत् खपत बढाएर ग्यासको आयातमा निर्भरता घटाउने नीति आवश्यक रहेको उल्लेख गर्दै बजारमा हुने कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन र पारदर्शी अनुदान प्रणाली लागू गर्नुपर्नेमा जोड दिए।

बैठकमा सांसदहरूले समितिबाट भएका निर्णय कार्यान्वयनमा प्रभावकारीता नदेखिएको भन्दै सम्बन्धित मन्त्री र मन्त्रालयका सचिवहरूले निर्णय कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि औँल्याएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सांसदलाई फेरि स्वकीय सचिव सुविधा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय सांसदहरूलाई पुन: स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले यसअघि कायम रहेको व्यवस्थाअ...

पाँच सचिव जगेडामा, सचिवको दरबन्दी रहेका पाँच निकाय भने नेतृत्वविहीन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँच जना सचिवलाई अतिरिक्त समूह (जगेडा) मा राखेको छ भने सचिवको दरबन्दी रहेका पाँच महत्वपूर्ण नि...

सम्पत्ति छानबिन आयोगका छानबिनसम्बन्धी सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगले अघि बढाइरहेको छानबिन प्रक्रिया तत्कालका लागि रोक्न आदेश दिएको छ। अदालतले आयोगलाई सम्पत्ति विवरण माग...

बागमतीमा दुई विधेयक प्रमाणीकरण

मकवानपुर। बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाबाट पारित अर्थसम्बन्धी दुई विधेयक प्रमाणीकरण गरेको छन्। प्रदेश सभाबाट पारित आर्...

महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग विशेष छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं। महिला उद्यमी महासङ्घका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल हुने भएको छ। छलफलमा महिला उद्यमशीलता प्रवर...

सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन

चितवन । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को हालसम्म जिल्लामा ३५ हजार ८३८ बोरा युरिया, ४४ हजार ९४४ बोरा डीएपी र चार हजार ९४३...

प्रहरी दमनविरुद्ध कानुनी लडाइँ लड्ने माजिद अन्सारीको घोषणा

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी प्रभावित सुकुम्बासीको व्यवस्थापनमा सहयोग गर्न पुगेका बेला आफूमाथि नेपाल प्रह...

कञ्चनपुरमा श्रीमान्‌काे कुटपिटबाट श्रीमतीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा श्रीमान्को कुटपिटबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न ...

इँटा उद्योगले छाडेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

कलैया। बाराको करैयामाई गाउँपालिका–३ मा इँटा उद्योगले माटो खनेर छाडेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। बुधबार साँझ करिब ५ बजे करैयामाई गाउ...

लागुऔषध बेचबिखनको अखडा बन्यो डाबरी

सर्लाही। सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका–३, डाबरी क्षेत्र पछिल्लो समय लागुऔषध बिक्रीवितरणको प्रमुख थलो बन्न थालेको छ । प्रहरीले पछिल्लो स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending