धनुषा । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै स्थानीय आज (मंगलबार) देखि सामूहिक आमरण अनशनमा बसेका छन् ।
कमलामा नयाँ पुल निर्माणको माग गर्दै नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा-धनुषाको अगुवाइमा आन्दोलित स्थानीय जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशनमा बसेका हुन् ।
गत सातामात्रै मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रकृया अगाडि बढाउने गरी सात दिने अल्टिमेटमसहित उनीहरूले ज्ञापनपत्र बुझाएका थिए । तर मुख्यमन्त्रीले आफूहरूको मागप्रति बेवास्ता गरेपछि आमरण अनशनमा बसेको संघर्ष समितिका पदाधिकारीले बताएका छन् ।
१० जना युवा आमरण अनशनमा बसेका छन् । सिरहाको औरही वडा नम्बर ४ का वडाध्यक्ष सुरेन्द्रकुमार यादव, सिरहा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष समशाद आलम, सिरहा ६ का वडाध्यक्ष इन्द्रजीत यादव, सिरहा ८ का वडा सदस्य रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह, शैलेशकुमार गोइत, मनिष यादव र शिवशंकर यादव आमरण अनशनमा बसेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १५ गते, २०८१ - २०:३५
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक ...
कार्तिक १५ गते, २०८१ - २०:२९
माेरङ । मोरङको सुन्दरहरैँचा –५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उनका पाँचजना छोरीहरू र आमा टीका दशगात्र किरियामा बसेका छन् । शाहीको कात्तिक ६...
कार्तिक १५ गते, २०८१ - २०:२०
काठमाडौं । थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलब...
कार्तिक १५ गते, २०८१ - २०:०३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण...
कार्तिक १५ गते, २०८१ - २०:००
ललितपुर । गोदावरी नगरपालिका-७ देविचौर बस्ने छिरिङ तामाङको टहरोमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय श्याम तामाङ समेत ७ जनालाई गए राति प...
कार्तिक १५ गते, २०८१ - १९:१३
अछाम । वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन् । साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित मध्यपहाडी सडकम...
कार्तिक १५ गते, २०८१ - १९:०९
किएभ । युक्रेनी सहर खार्किभमा बुधबार भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएको स्थानीय गभर्नरले बताएका छन् । युक्रेनी ...
कार्तिक १५ गते, २०८१ - १९:०६
हनोई । मध्य भियतनाममा ट्रामी आँधीका कारण आएको आकस्मिक बाढीले पाँच जनाको मृत्यु हुनुका साथै सयौँ घर क्षतिग्रस्त भएको र बालीनाली नष्ट भएको प्रकोप अधिकार...
कार्तिक १५ गते, २०८१ - १९:००
काठमाडौं । अमेरिकामा चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुवैले बिहीबार विस्कन्सिनमा र्याली गरेका थिए । यद्यपि, डोनाल्ड ट्रम्पले आफ्...
कार्तिक १५ गते, २०८१ - १८:५१
भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक सं...
प्रतिकृया लेख्नुहोस्: