Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

मन्त्री पाण्डे धर्म–धम्म सम्मेलनमा भाग लिन भारत प्रस्थान

खबरडबली संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । मन्त्री पाण्डे शुक्रबारबाट भारतको गुजरतामा हुने तीन दिने आठौं धर्म–धम्ब सम्मेलनमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेकाे मन्त्री पाण्डेको सचिवालयले जनाएको छ । 

भारत फाउन्डेसनको पहल एवम् गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा  हुन लागेको धर्म–धम्म सम्मेलनमा हिन्दू र बौद्ध सभ्यताहरूबिच निकट रहेका विचारहरुमाथि विमर्श हुने जनाइएको छ । सो सम्मेलनमा भूटान, श्रीलङ्का र नेपाल लगायतका देशका मन्त्रीहरुको सहभागिता रहने छ । 

यसपटकको धर्म–धम्म सम्मलेनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ । सम्मेलनले शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म–धम्मबिचको साझा विचारहरुलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । 

सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । उक्त सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने भएका छन् । आठौं अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलन २०२४ मा १८ देशका तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानी राष्ट्रपतिद्वारा सिरियाबाट इजरायली सेना फिर्ताको आग्रह

तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले बुधबार तेहरानको लामो समयदेखिका सहयोगी बशर अल–असदको पतनपछि सिरियाली भूभागबाट इजरायलको फिर्तीको आह्वान गरेक...

हुम्लाकाे हिमालपारिकाे लिमीको जाङ गाउँ मानवविहीन

हुम्ला । हुम्लाकाे नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको जाङ गाउँ यस वर्षबाट मानिसविहीन बनेको छ । यसअघि वर्खामा बस्दै आएका दुई परिवारका सदस्यहरुल...

घुस लिने विद्यालयका लेखापाल र व्यवस्थापन समितिका सदस्य पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गरी भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस लिएको अभियोगमा विद्यालयका दुईजनालाई पक्रा...

पाकिस्तानी दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाए

पाकिस्तान । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाई हत्या गरेको आरोपमा पाकिस्तानमा दुई किशोरी बहिनीलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।  ...

शीतलहरबाट मधेसका जिल्लामा जनजीवन प्रभावित

बाँके । पछिल्लो केही दिनयता शीतलहरका कारण चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । जनजीवन सामान्य बनाउन स्थानीय प्रशासनले पालिकालाई जिम्मेवारी ...

एन्फा राष्ट्रिय महिला लिग: वालिङको पोस्टमा आर्मीको १२ गोल

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको खेलमा वालिङ नगरपालिकाको पोस्टमा एक दर्जन गोल गरेको छ ।  सातद...

रौतहटमा एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा २० जना फरार प्रतिवादी पक्राउ गरेको छ ।  रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेक...

दार्चुलाकाे अपिहिमाल गाउँपालिकाको मुकामसम्म सडक विस्तारमा सहयोग गरिदिन अध्यक्ष प्रचण्डसँग अनुराेध

काठमाडौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरुले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष...

संविधान संशोधन २०८७ पछि मात्रै हुन्छ भन्नु प्रधानमन्त्रीज्यूको अभिव्यक्ति गलत छ: महामन्त्री शर्मा

झापा । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति गलत...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy