नारायणगढ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका परी मृत्यु भएकामध्ये १६ शवको पोष्टमार्टम भएको छ । भरतपुर अस्पतालमा अहिलेसम्म १६ शवको पोष्टमार्टम भइसकेको जनाइएको छ ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले अस्पतालका फरेन्सी विज्ञ डा। कश्यप श्रेष्ठको नेतृत्वमा रहेको तीन सदस्यीय चिकित्सकहरूको टोलीले शवको पोष्टमार्टम गरिरहेको जानकारी दिए । बाँकी शवको पनि आजै पोष्टमार्टम गरेर सबै शवलाई भारतको महाराष्ट्र पठाइने तयारी भइरहेको छ ।
शव लिन भारतबाट सिधै विशेष विमान भरतपुर विमान स्थलमा आउने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। विमान शनिबार दिउँसो ३ः३० बजे भरतपुर विमानस्थल आइपुग्ने छ ।
शुक्रबार आँबुखैरेनीमा भएको बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो । मृतक मध्ये सबै भारत महाराष्ट्रका भएकाले उनीहरूको शव भारत नै पठाउन लागिएको हो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा दुर्घटना भएको हो ।
मृतकहरूको शवलाई शुक्रबार राति नै भरतपुर अस्पताल ल्याइएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: