ब्रसेल्स । युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले भेनेजुएलामा गहिरिँदै गएको राजनीतिक सङ्कटप्रति आफूहरु ‘अत्यन्त चिन्तित’ रहेको बताएका छन् ।
बोरेलले भने, “काराकासले अझै पनि चुनावी प्रक्रियाको मूल्याङ्कन गर्न आवश्यक प्रमाण उपलब्ध गराएको छैन । विपक्षीले आफ्नो उम्मेदवारले जित हासिल गरेको दाबी गर्दै आएका छन् । ईयूका उच्च कूटनीतिज्ञले भने, “पूर्ण र स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिने नतिजालाई मात्र स्वीकार र मान्यता दिइनेछ ।”
बोरेलका अनुसार मतदान केन्द्रको केही रेकर्डअनुसार विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटिया राष्ट्रपति चुनावमा महत्वपूर्ण बहुमतका साथ विजयी भएको देखिन्छ । उनले भेनेजुएलाका जनताको इच्छाको सम्मान सुनिश्चित गर्न मतदान केन्द्रको रेकर्ड पूर्ण रूपमा प्रकाशन गर्न आग्रह गरे ।
यसैबीच, देशका शक्तिशाली नेता निकोलस मडुरोले गोन्जालेज उरुटियालाई पक्राउ गर्न निर्देशन गरेका छन् । जुलाई ३० मा विपक्षी समूहले भब्य जुलुश निकालेपछि उरूटिया सार्वजनिक रूपमा देखिएको छैन । अभियोजकहरूले उनलाई शनिबार सोधपुछका लागि बोलाएका थिए ।
जुलाई २८ मा भएको मतदान विवादित भएपछि भएको प्रदर्शनमा २७ जनाको मृत्यु भएको थियो भने १९२ जना घाइते भएका थिए । मतदानका क्रममा भएका झडपका क्रममा करिब दुई हजार ४०० व्यक्ति पक्राउ परेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: