Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

एक घर एक धाराको अभियान: एक वर्षमा ८ सय २१ धारा निर्माण

खबरडबली संवाददाता

सल्यान । छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८ सय २१ धारा निर्माण भएका छन् । एक घर एक धारा को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ८ सय २१ घरधुरीमा खानेपानी धारा निर्माण गरेको हो ।  

घरमा धारा निर्माण भएपछि पानीको सास्ती व्यहोर्दै आएका यहाँका नागरिकलाई सजिलो भएको छ । एक गाग्री खानेपानीको जोहो गर्न निकै दुःख भोग्ने गरेकी छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ हारिचारकी रामकली खत्री घरमै धारा निर्माण भएर पानी आउन खुसी छिन् । उनले पानीका लागि साहै्र दुख थियो । ती दिन अब गएकाे बताइन । 

छत्रेश्वरी ७ पानीखोलाका मिना कुमारी वलीले अहिले वर्षाैँदेखिको खानेपानी समस्या समाधान भएको बताइन । गाउँघरमा खानेपानीका धारा हात धुने स्थान तथा चाङ समेत निर्माण गरिएको छ । छत्रेश्वरी गाउँपालिकाले ३६ वटा योजनामार्फत् ५१२ वटा धारा निर्माण भएको र यसबाट दुई हजार ६२१ जना लाभान्वित भएको छत्रेश्वरी गाउँपालिका योजना शाखा प्रमुख नविन चन्दले बताए । उनका अनुसार सुस्वा परियोजनामार्फत् तीन सय नौ जनाको घरमा धारा निर्माण गरिएको छ । यसबाट दुई हजार ७३९ जना लाभान्वित भएका छन् । 

गत आर्थिक वर्षमा मात्रै जनसहभागिता सहित खानेपानी योजनाको लागि दुई करोड ७८ लाख ९९ हजार ३१७ रुपियाँ लगानी भएको छ । वास संयोजक निमराज केसीले घरघरमा खानेपानीका धारासँगै भाँडाकुडा माझिसकेपछि सुकाउन, राख्नका लागि २३६ घरमा चाङ र २७५ घरमा हात धुने स्थान निर्माण गरिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending